
काठमाडौं ।
बेलायतमा समुद्री जहाज चलाउने एउटा कम्पनीले पनि जूम कलमार्फत् ८ सय जना कर्मचारीलाई जागिरबाट निकालेको छ।
पी एन्ड ओ फेरिज नाम गरेको उक्त कम्पनीले केही समयअघि बेटर डटकम नामक एउटा अमेरिकी कम्पनीले गरेको व्यवहार दोहोर्याएको हो।
भास्कर डटकमले इन्डिया टुडेलाई उद्धृत गर्दै ३ मिनेटको जूम कलमा कम्पनीले ८ सय जनालाई जागिरबाट निकालिदिएको हो।
बेटर डटकमले ९ सय जना निकालेकोमा अहिलेको बेलायती कम्पनीले ८ सय जना निकालेको भास्कर डटकमले समाचारमा उल्लेख गरेको छ।
१७ मार्चमा आयो जागिरबाट निकालिएको भिडियो म्यासेज
शिपिङ कम्पनीले गत मार्च १७ मा आफ्ना कर्मचारीहरुलाई एउटा महत्वपूर्ण घोषणा गरेको मेसेज पठाएको थियो।
भिडियो म्यासेजमा कम्पनीले अब उसले तेस्रो पक्षको क्रू प्रोभाइडरको सहायताले आफ्ना काम अगाडि बढाउने, यसैकारण सबै ८ सय जनालाई जागिरबाट सधैंको लागि हटाइने र आज जागिरको अन्तिम दिन भएको सन्देश दिइएको थियो।
प्रकाशित: ६ चैत्र २०७८, आईतवार