यूरोपेली अन्तरिक्ष नियोगले स्थगित गर्यो रुससँगको संयुक्त मिसन एक्सोमार्स

  • Technology Khabar | ५ चैत्र २०७८, शनिबार
यूरोपेली अन्तरिक्ष नियोगले स्थगित गर्यो रुससँगको संयुक्त मिसन एक्सोमार्स
Global IME Bank

काठमाडौं ।

यूरोपियन स्पेस एजेन्सी ईएसएले रुससँग मिलेर मूर्तरुप दिने भनिएको एक्सोमार्स मिसन स्थगित गरेको छ।

रुसी अन्तरिक्ष कम्पनी रोस्कस्मससँगको सहकार्यमा सम्पन्न गर्ने योजना बनाइएको उक्त मिशन अब ईएसएले रुसी संलग्ना बिना नै गर्ने उपायहरु खोजिरहेकाले यसको भविष्य अनिश्चित भएको छ।

ईएसएले यसअघि रुस-यूक्रेन युद्धका कारण आफ्ना सदस्य राष्ट्रहरुले रुसमाथि लगाएको प्रतिबन्धलाई पूर्णरुपमा कार्यान्वयन गरिरहेको बताएको थियो।

अब भने ईएसएको रुलिङ काउन्सिलले अवस्थाको अनुगमनका लागि पेरिसमा भेटवार्ता गरेसँगै उक्त मिसन आधिकारिक रुपमा स्थगित गरिएको बताइएको हो।

उक्त काउन्सिलले रोस्कस्मससँग सहकार्य गर्न असम्भव भएको निर्णय गर्दै ईएसएका महानिर्देशकलाई उक्त अपरेशन स्थगित गर्नेतर्फ कदम चाल्न निर्देशन दिएको हो।

साथै उक्त काउन्सिलले महानिर्देशकलाई एजेन्सीले एक्सोमार्सलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारेमा फास्ट ट्र्याकबाट औद्योगिक अध्ययन सञ्चालन गर्न पनि अख्तियारी प्रदान गरेको छ।

प्रकाशित: ५ चैत्र २०७८, शनिबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार