काठमाडौं ।
वनप्लसको आउँदै गरेको नर्ड ३ स्मार्टफोनका केही विवरओ बाहिरिएका छन्।
डिजिटल च्याट स्टेशनले लीक गरेको विवरण अनुसार यो डिभाइसमा डाइमेन्सिटी ८१०० चिपसेट रहने भएको छ। यो चिपसेट हालै सार्वजनिक भएको रेडमी के५० मा पनि प्रयोग गरिएको छ।
यसबाहेक नर्ड ३ मा १२ जीबी एलपीडीडीआर५ र्याम तथा २५६ जीबी ३.१ यूएफएस स्टोरेज रहने जीएमएमएरिनाले जनाएको छ।
यसको डिस्प्ले १२० हर्ज रिफ्रेश रेटसहितको ६.७ इन्चको फुल एचडी+ रहने तथा स्क्रीनो बायाँपट्टिको माथिल्लो भागमा १६ मेगापिक्सेलको पन्चहोल सेल्फी क्यामरा रहने पनि बताइएको छ।
पछाडि भने ५० मेगापिक्सेलको सोनी आईएमएक्स७६६ सेन्सरयुक्त मुख्यसहितको ट्रिपल क्यामरा सेटअप रहने बुझिएको छ।
डिभाइसलाई पावर दिन १५० वाट चार्जिङसहितको ४५०० एमएएच ब्याट्री रहने पनि बताइएको छ।
प्रकाशित: ५ चैत्र २०७८, शनिबार