जिमेलको पासवर्ड बिर्सिनुभयो? यसरी रिकभर गर्नुहोस्

  • Technology Khabar | २७ फाल्गुन २०७८, शुक्रबार
जिमेलको पासवर्ड बिर्सिनुभयो? यसरी रिकभर गर्नुहोस्

काठमाडौं ।

इन्टरनेट ब्राउजर, सोसल मिडिया तथा ई-मेल प्लेटफर्म हिजोआज मानिसका जीवनको अभिन्न अंगजस्तै भइसकेको छ। मानिसहरु आफ्ना आवश्यकता तथा रुचिका हिसाबले यस्ता विभिन्न प्लेटफर्महरु चलाउने गर्छन्।

यस्तै प्लेटफर्महरुमध्ये जिमेल पनि एक हो। यसको काम ई-मेल आदानप्रदान गर्नु मात्र नभई थुप्रै एप, वेबसाइट तथा स्मार्टफोन चलाउनका लागि पनि गुगल वा जिमेल आईडी/एकाउन्ट अपरिहार्य हुन्छ।

एन्ड्रोइड स्मार्टफोन चलाउनका लागि अनिवार्य रुपमा गुगल वा जिमेल एकाउन्ट हुनैपर्दछ।

जिमेल एकाउन्ट बनाएर त्यसको पासवर्ड बिर्सियो भने कसरी पत्ता लगाउने भन्नेबारे यहाँ वर्णन गरिन्छ। तपाईँले पनि जीमेल एकाउन्ट वा पासवर्ड बिर्सनुभएको छ वा बिर्सनुभयो भने यो प्रक्रिया तपाईँका लागि उपयोगी हुन सक्छ।

जिमेल एकाउन्ट नै बिर्सिएको खण्डमा

कैयौंपटक हामी आफ्ना ईमेल आईडी बनाएर केही समयपछि उक्त आईडी के थियो भनेर बिर्सन्छौं। प्राय:जसो ईमेल आईडी एक ठाउमा लगइन गरेपछि पटक-पटक चलाइरहनु आवश्यक हुँदैन। यस्तोमा उक्त आईडीको यूजरनेम हाम्रो दिमागबाट हट्न सक्छ।

यस्तो अवस्थामा एकाउन्ट बनाउने बेला प्रयोग गरिएको फोन नम्बर वा रिकभरी ईमेल आईडीमार्फत् आफ्नो ईमेल एकाउन्ट पुन: प्राप्त गर्न सकिन्छ।

१. सबैभन्दा पहिले जिमेलको लग-इन पेजमा गएर फर्गट ईमेल आईडी सेलेक्ट गर्नुहोस्।

२. त्यसपछि तपाईँलाई फोन नम्बर वा रिकभरी ईमेल आईडी हाल्नका लागि विकल्प दिइन्छ। यीमध्ये कुनै एक विवरण र आफ्नो पूरा नाम राख्नुपर्छ।

३. आफ्नो विवरण राखिसकेपछि सोही फोन नम्बर वा ईमेल आईडीमा एउटा भेरिफिकेशन कोड आउँछ। यो कोड राखेपछि रिकभरी आईडी वा नम्बरसँग जोडिएको ईमेल आईडी खुल्छ। त्यहाँबाट आफ्नो आईडी छान्न सकिन्छ।

४. यहाँ एकाउन्ट रिभवरको अप्शनमा आफ्नो ईमेल आईडीको पासवर्ड राख्नुपर्छ। पासवर्ड राखिसकेपछि ईमेल आईडीको विवरण देखिन्छ।

पासवर्ड बिर्सिएमा

१.लगइन पेजमा गएर फर्गट पासवर्ड सेलेक्ट गर्ने।

२. यहाँ पुरानो पासवर्ड मागिन्छ। यदि यसअघिका कुनै पासवर्ड याद भएमा त्यही राख्न सकिन्छ नत्र भने ‘ट्राई अनोदर वे’ को विकल्प रोज्नुपर्छ।

३. यदि ईमेल आईडीलाई फोनसँग कनेक्ट गरिएको छ भने त्यही नम्बरमा मेसेज आउँछ र गूगलले स्मार्टफोनमा नोटिफिकेशन पनि पठाउँछ।

४. गुगलबाट प्राप्त नोटिफिकेशनमा हो वा होइन भन्ने अप्शन छानेर आफ्नो फोनबाट सिधै ईमेलमा गएर नयाँ पासवर्ड राख्न सकिन्छ।

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार