बेलायती स्याटेलाइट कम्पनी वनवेबले स्थगित गर्यो रुसबाट स्याटेलाइट प्रक्षेपणको योजना

  • Technology Khabar | १९ फाल्गुन २०७८, बिहीबार
बेलायती स्याटेलाइट कम्पनी वनवेबले स्थगित गर्यो रुसबाट स्याटेलाइट प्रक्षेपणको योजना

काठमाडौं ।

बेलायती स्याटेलाइट कम्पनी वनवेबले मस्कोको अन्तरिक्ष एजेन्सीले यसको टेक्नोलोजी सैन्य उद्देश्यका लागि प्रयोग नगर्ने ग्यारेन्टी माग गरेपछि कजाकस्तानमा रसियाको बाईकोनुर कस्मोड्रोमबाट हुने सबै प्रक्षेपणहरू स्थगित गरेको छ।

वनवेबमा एक हिस्सेदारीको स्वामित्वमा रहेको बेलायती सरकारले यो निर्णयलाई समर्थन गरेको बताएको छ।

“रसियाको युक्रेनमा गैरकानूनी र अप्रत्याशित आक्रमणको क्रममा, हामी रुसको सहयोगमा हुने थप सबै परियोजनाहरूमा हाम्रो सहभागिताको समीक्षा गर्दैछौं,” सरकारले भनेको छ।

रुसको अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले जारी गरेको तस्बिरहरूका अनुसार ३६ ओटा वनवेब स्याटेलाइट (भूउपग्रह)हरू बोकेको सोयुज रकेटलाई बुधबार बाईकोनुर कोस्मोड्रोममा लन्चप्याडमा उचालिएको थियो।

इन्टरफ्याक्स रिपोर्ट अनुसार रोस्कोसमोस प्रमुख दिमित्री रोगोजिनले बुधबार उनको एजेन्सीले वनवेबको स्याटेलाइटहरु रूस विरुद्ध प्रयोग गरिने छैन भनेर कम्पनीसँग ग्यारेन्टी माग गरेका थिए।

यस्तो नभएमा, रोगोजिनकाअनुसार रूसले वनवेबलाई क्षतिपूर्ति नदिई बाईकोनुर कस्मोड्रोमबाट शुक्रबारको योजनाबद्ध प्रक्षेपण रद्द गर्नेछ, जुन रूसले कजाकिस्तानबाट भाडामा लिएको छ।

वनवेबले लो अर्थ अर्बिटमा आफ्ना ६५० ओटा साना स्याटेलाइटहरु राखेर पृथ्वीका दूर्गम भेगहरुमा तिब्रगतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने उद्देश्य राखेको छ।

प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार