एनोनिमस ह्याक्टिभिष्टहरू, र्यान्समवेयर समूहहरू युक्रेन रूस द्वन्द्वमा संलग्न

  • Technology Khabar | १५ फाल्गुन २०७८, आईतवार
एनोनिमस ह्याक्टिभिष्टहरू, र्यान्समवेयर समूहहरू युक्रेन रूस द्वन्द्वमा संलग्न
सांकेतिक तस्बिर

काठमाडौं ।

धेरै र्यान्समवेयर समूहहरू र ह्याक्टिभिष्टहरुको सामूहिक बेनामे सदस्यहरूको समूह एनोनिमसले युक्रेन र रूस बीचको सैन्य संघर्षमा संलग्न भइरहेको घोषणा गरेका छन्।

बिहीबार, एनोनिमसका सदस्यहरूले ट्विटरमा घोषणा गर्दै उनीहरूले रूसी सरकार विरुद्ध हमला सुरु गर्ने बताएका छन्। ह्याक्टिभिष्टहरूले रूसका केही स्थानीय सरकारी वेबसाइटहरूलाई विकृत गरे र रूसी समाचार आउटलेट आरटीको वेबसाइट सहित अन्यलाई अस्थायी रूपमा हटाएका जेडीनेटले रिपोर्ट गरेको छ।

यसले रूसी रक्षा मन्त्रालयको वेबसाइटको लगइन प्रमाणहरू लीक गर्ने समूहले शुक्रबार बताएको थियो।

कीभमा रहेको साइबरसेक्युरिटी कम्पनीका सह-संस्थापक येगोर आसेभले युक्रेनी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले ह्याकिङ समुदायमा मद्दतको लागि कल प्रकाशित गर्न आग्रह गरेको रोयटर्सलाई बताएका थिए। र त्यसको केही घण्टापछि यो कारबाही शुरु भएको हो। रक्षा मन्त्रालयले आक्रमण गर्ने र रक्षात्मक साइबर ह्याकरहरूको खोजी गरिरहेको आसेभले भनेका थिए।

द्वन्द्वमा संलग्न हुने एनोनिमस समूह मात्र थिएन। शुक्रबार नै र्यान्समवेयर समूहहरू कोन्टी र कुमिङ्गप्रोजेक्टले उनीहरूले रूसी सरकारलाई समर्थन गरेको भन्दै सन्देशहरू प्रकाशित गरेका थिए।

कोन्टीले आधिकारिक रूपमा रूसी सरकारलाई पूर्ण समर्थनको घोषणा गर्दै लेखेका छन्, “यदि कुनै निकायले साइबर आक्रमण वा रूस विरुद्ध कुनै पनि युद्ध गतिविधिहरू आयोजना गर्ने निर्णय गर्छ भने, हामी हाम्रा सबै सम्भावित स्रोतहरू दुश्मनका विरुद्ध प्रयोग गर्नेछौं।”

प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार