
काठमाडौं ।
एभी१ भिडियो कोडेकले उच्च गुणस्तरका भिडियोमा सुधार ल्याउने लक्ष्य लिइएको छ र यसलाई यूट्युब तथा नेटफ्लिक्सले यसअघि अपनाइसकेका पनि छन्।
तर क्वालकमको हालका चिपहरुले एभी१ भिडियोहरुका नेटिभ डिकोडिङ सपोर्ट गर्दैनन्।
तर कम्पनीले आगामी सन् २०२३ मा आउने आफ्ना फ्ल्यागशिप चिपसेटमा भने एभी१ डिकोडिङ सपोर्ट गर्ने बनाउने भएको हो। जीएसएमएरिनाका अनुसार कम्पनीको आगामी एसएम८५५० यो फिचर सपोर्ट गर्ने पहिलो चिप हुनेछ।
हाल चलिरहेको ८ जेन १ को मोडल नम्बर एसएम८४५० रहेकाले नयाँ आउने चिपसेटको नाम ८ जेन २ हुन सक्ने आकलन पनि गरिएको छ।
सामसङले भने नेटफ्लिक्स वा यूट्युब स्ट्रिमिङ गर्दा एक्जिनोस २१०० तथा २२०० मा एभी१ डिकोडिङ हुने बताएको छ।
प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार