अबको ५ वर्ष नोटबुक शिपमेन्ट चुलीमै रहिरहने: रिपोर्ट

  • Technology Khabar | २ फाल्गुन २०७८, सोमबार
अबको ५ वर्ष नोटबुक शिपमेन्ट चुलीमै रहिरहने: रिपोर्ट

काठमाडौं ।

अबको ५ वर्ष नोटबुकको शिपमेन्ट शिखरमै रहने आकलन गरिएको छ।

वैश्विक नोटबुक शिपमेन्ट सन् २०२१ मा २४ करोड ७० लाख थान पुगेको थियो जुन २०२० को तुलनामा २० प्रतिशतको वृद्धि थियो।

यसको वार्षिक वृद्धिदर भने सन् २०२० को भन्दा केही कम थियो तर उक्त अवधिमा शिपमेन्टको सङ्ख्यामा पहिलो पटक खुद साढे ४ लाख थान वृद्धि भएको डिजिटाइम्सले उल्लेख गरेको छ।

यसको वार्षिक वृद्धिदर भने सन् २०२० को भन्दा केही कम थियो तर उक्त अवधिमा शिपमेन्टको सङ्ख्यामा पहिलो पटक खुद साढे ४ लाख थान वृद्धि भएको डिजिटाइम्सले उल्लेख गरेको छ।

कोरोना महामारी अघिको अवस्थामा हुने १५ देखि १६ करोड थान शिपमेन्टको दाँजोमा हालको नोटबुकको शिपमेन्टको वार्षिक आँकडा १० करोड थानले बढेको छ।

हाल नोटबुकको बजार भविष्यमा कत्तिको दिगो रहन्छ भन्नेमा चिन्तिर रहेको डिजिटाइम्सले लेखेको छ।

डिजिटाइम्सको रिपोर्ट अनुसार महामारीले  पछिल्ला २ वर्षमा नोटबुकको बजारमा अस्थायी तथा आधारभूत माग बढाएको हो।

सन् २०२० मा थुप्रै देशमा वर्क फ्रम होम तथा अनलाइन कक्षा र दूर शिक्षाको अवधारणा आएसँगै आकस्मिक रुपमा माग आएकाले अधिकांश बजारको माग अस्थायी प्रकृतिका थिए। महामारी घट्दै र देशहरु सामान्य दिनमा फर्कँदै गर्दा यी माग विस्तारै ओरालो लाग्दै गएका थिए।

प्रकाशित: २ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार