यस्ता छन् नेपाल टेलिकम र एनसेलका भ्यालेन्टाइन्स डे अफर

  • Technology Khabar | १ फाल्गुन २०७८, आईतवार
यस्ता छन् नेपाल टेलिकम र एनसेलका भ्यालेन्टाइन्स डे अफर

काठमाडौं ।

नेपालको दूरसञ्चार क्षेत्रका अग्रणी कम्पनीहरु  नेपाल टेलिकम तथा एनसेल आजियाटाले युवा युवतीमाझ चर्चित भ्यालेन्टाइन्स डेका अवसरमा विभिन्न प्याकेजहरु सार्वजनिक गरेका छन्।

यस्ता छन् दुवै दूरसञ्चार सेवा प्रदायकका भ्यालेन्टाइन्स डे अफरः

नेपाल टेलिकम -भ्यालेन्टाइन्स डे अफर

भ्यालेन्टाइन्स डे को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा तथा अनलिमिटेड भ्वाइस प्याकको अफर अगाडि सारेको छ।

भ्यालेन्टाइन्स डे अफर नामको उक्त योजना अन्तर्गत १एमबीपीएस को अनलिमिटेड डाटा तथा अनलिमिटेड अन-नेट भ्वाइस प्याकेज ४९ रुपैयाँमा प्रदान गरेको छ।

यो रकम सामान्य समयको भन्दा ५० प्रतिशत मात्र रहेको कम्पनीले जनाएको छ। अन्य दिनहरुमा भने यो प्याकेज लिनका लागि ९९ रुपैयाँ तिर्नुपर्थ्यो।

यो अफर १३ तथा १४ फेब्रुअरीका दिन उपलब्ध हुने तथा ४९ रुपैयाँमा लिइएको प्याकेजको म्याद भने १ दिनको मात्र रहेको छ।

यो सेवा *१४१५*११# डायल गरेर वा नेपाल टेलिकमको एपमार्फत् पनि लिन सकिने कम्पनीको भनाई छ।

एनसेल -भ्यालेन्टाइन विथ माया

‘मायाको कुरा मायासँगै गर्नुहोस् भन्ने’ नारासहितको ‘भ्यालेन्टाइन विथ माया’ नामको अफर अन्तर्गत एनसेलले यो भ्यालेन्टाइन्स डेमा १० जीबी अल टाइम डाटा, १०० मिनेट अल नेट टक टाइम तथा १०० अल नेटवर्क एसएमएस जित्ने मौका प्रदान गरेको छ।

यसका लागि माया नाम गरेको एउटा च्याटबट बनाइएको छ जसलाई प्रतिस्पर्धी यूजरले आफ्नो मायाको भावना व्यक्त गर्नुपर्ने हुन्छ।

कसरी भाग लिने ?

यो अफरमा भाग लिनका लागि माया च्याटबटमा गई ‘भ्यालेन्टाइन’ टाइप गर्नुपर्छ।

यसपछि उक्त च्याटबटमा एउटा लिंक पप-अप हुन्छ। त्यही लिंकमा गएर माया च्याटबटलाई आफ्नो मनको भावना व्यक्त गर्नुपर्छ।

प्रतियोगीहरुमध्ये २ जनाले माथि उल्लेखित पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार