शाओमी १२ अल्ट्रा स्मार्टफोनमा ४,८६० एमएएचको ब्याट्री हुने, १२० वाटको फास्ट चार्जिङ सपोर्ट

  • Technology Khabar | २८ माघ २०७८, शुक्रबार
शाओमी १२ अल्ट्रा स्मार्टफोनमा ४,८६० एमएएचको ब्याट्री हुने, १२० वाटको फास्ट चार्जिङ सपोर्ट
शाओमी १२ स्मार्टफोन

काठमाडौं ।

शाओमी १२ अल्ट्रा स्मार्टफोन चाँडै लन्च हुन सक्ने देखिएको छ। आधिकारिक लन्च हुनु अघि, स्मार्टफोनको ब्याट्री र चार्जिंग स्पेसिफिकेशन खुलासा गरिएको छ। शाओमी १२ अल्ट्रामा ४,८६० एमएएचको ब्याट्री हुने अपेक्षा गरिएको छ।

कम्पनीले शाओमी १० अल्ट्रा जस्तै यस आगामी स्मार्टफोनमा १२० वाट फास्ट चार्जिङ सपोर्ट दिने तयारी गरिरहेको छ।

शाओमी १२ अल्ट्राको स्पेसिफिकेशन

टिप्स्टर डिजिटल च्याट स्टेशनले चिनियाँ माइक्रोब्लगिङ वेबसाइट वेबोमा शाओमीको आगामी स्मार्टफोनको ब्याट्री स्पेसिफिकेशन शेयर गरेका छन्। टिपस्टरका अनुसार, आगामी स्मार्टफोन शाओमी १२ अल्ट्रामा ४,८६० एमएएचको ब्याट्री हुनेछ। यो ब्याट्री १२० वाट वायर्ड चार्जिङ र ५० वाट वायरलेस चार्जिङ सपोर्टको साथ आउनेछ।

यसअघि  जहाँ शाओमी एमआई ११ अल्ट्रा ६७ वाट फास्ट चार्जिङ सपोर्टको साथ लन्च गरिएको थियो। त्यस्तै शाओमी १२ प्रो, शाओमी १२ श्रृंखलाको अर्को ह्यान्डसेट ४,६०० एमएएच ब्याट्री र १२० वाट फास्ट वायर्ड चार्जिङ सपोर्टको साथ लन्च गरिएको थियो।

यसअघि टिप्स्टरले शाओमी १२ अल्ट्रा स्मार्टफोनमा टूके सामसङ डिस्प्ले पाउन सकिने बताएको थियो। यसले स्न्यापड्रागन ८ जेन १ चिपसेट पाउने अपेक्षा गरिएको छ। यसबाहेक, यो शाओमीको आगामी स्मार्टफोनमा ५० मेगापिक्सेल मुख्य क्यामरा राखिने अपेक्षा गरिएको छ।

कहिले सुरु हुन्छ?
शाओमीले आफ्नो आगामी स्मार्टफोन शाओमी १२ अल्ट्राको बारेमा कुनै जानकारी दिएको छैन। यदि पहिलो लीकलाई विश्वास गर्ने हो भने, कम्पनीले यसलाई फेब्रुअरीमा लन्च गर्ने योजना बनाएको छ। पहिले यो शाओमी १२, शाओमी १२ प्रो र शाओमी १२ एक्सका साथमा लन्च हुने अपेक्षा गरिएको थियो।

शाओमी १२ लाइनअप डिसेम्बर, २०२१ को अन्तिम हप्तामा चीनमा लन्च गरिएको थियो। यस सम्बन्धी थप जानकारी आगामी दिनमा कम्पनीबाट आउने अपेक्षा गरिएको छ।

प्रकाशित: २८ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • २८ माघ २०७८, शुक्रबार