
काठमाडौं ।
पब्जी मोबाइल गेमको भारतीय संस्करण ब्याटलग्राउन्ड मोबाइल इन्डिया (बीजीएमआई) को विकासकर्ता क्राफ्टनले पछिल्लो कारबाहीमा १ लाख ७० हजारभन्दा बढी खाताहरूमा प्रतिबन्ध लगाएको छ। दुई साताको अवधिमा यो कारबाही गरिएको हो।
कम्पनीद्वारा ठगी गर्ने र अन्य गेमरको अनुभव बिगार्ने खेलाडी विरुद्ध यो कारबाही गरिएको हो। क्राफ्टनले यस्ता कारबाही गरिरहन्छ। क्राफ्टनले ब्याटलग्राउन्ड मोबाइल इन्डियाका प्रतिबन्धित खेलाडीहरूको सूची पनि प्रकाशित गरेको छ।
गत डिसेम्बरमा, क्राफ्टनले ती उपकरणहरूमा स्थायी रूपमा प्रतिबन्ध लगाउने बताएको थियो जसमार्फत गेममा धोकाधडी गरिन्छ। यसबाहेक क्राफ्टनले ब्याटलग्राउन्ड्स मोबाइल इन्डियाको जोनाथन भ्वाइस प्याक जितेका ६० खेलाडीहरूको सूची पनि जारी गरेको छ।
एक ब्लग पोस्टमा, क्राफ्टनले दुई हप्तामा १ लाख ७१ हजार १८८ ब्याटलग्राउन्ड मोबाइल इन्डिया एकाउन्टहरू प्रतिबन्ध लगाएको उल्लेख गरेको छ। जनवरी २४ बाट सुरु भएको कार्यवाही फेब्रुअरी ६ मा समाप्त भएको थियो। क्राफ्टनले प्रतिबन्धित खाताहरूको सूची पनि प्रकाशित गरेको छ।
आफ्नो पोस्टमा, बीजीएमआईले आफ्ना प्रयोगकर्ताहरूलाई राम्रो गेमिङ वातावरण दिनको लागि कडा प्रतिबन्धहरू लागू गर्ने प्रयास गर्ने क्राफ्टनले भनेको छ। सामान्यतया, क्राफ्टनले अनौपचारिक स्रोतबाट खेल डाउनलोड गरेको वा तिनीहरूको डिभाइसमा अवैध कार्यक्रमहरू स्थापना भएका खाताहरूलाई प्रतिबन्ध लगाउँछ। गैरकानूनी कार्यक्रमहरू भन्नाले अन्य खेलाडीहरूको अनुभव बिगार्ने र खेलमा थप फाइदा उठाउने प्रयास गर्ने कार्यक्रमहरू हो।
जनवरी १० देखि जनवरी १६ सम्म क्राफ्टनले करिब ५० हजार खातामा प्रतिबन्ध लगाएको थियो भने जनवरी ३ देखि ९ सम्म ७० हजारभन्दा बढी खातामा प्रतिबन्ध लगाइएको थियो । त्यसैगरी गत डिसेम्बर २७ देखि जनवरी २ सम्म ७१ हजारभन्दा बढी खातामा प्रतिबन्ध लगाइएको थियो । डिसेम्बर २० देखि २६ तारिखकोबीच, लगभग ६० हजार खाताहरू प्रतिबन्धित गरिएको थियो। त्यस्तै, १३ देखि १९ डिसेम्बरको बीचमा १ लाख खातामा प्रतिबन्ध लगाइएको थियो।
प्रकाशित: २७ माघ २०७८, बिहीबार