आईफोनमार्फत् डिजिटल भुक्तानी स्वीकार गर्न मिल्ने फिचर ल्याउँदै एप्पल

  • Technology Khabar | २७ माघ २०७८, बिहीबार
आईफोनमार्फत् डिजिटल भुक्तानी स्वीकार गर्न मिल्ने फिचर ल्याउँदै एप्पल

काठमाडौं ।

एप्पल इंकले व्यवसायहरुले आईफोनका माध्यमबाट क्रेडिट कार्ड र डिजिटल भुक्तानी स्वीकार गर्न मिल्ने फिचर ल्याउने भएको छ।

यसबाट एक ट्यापमै यस्ता डिजिटल भुक्तानी स्वीकार गर्न मिल्ने र यसका लागि यस अघिको झैं ब्ल्क इंक स्क्वायर टर्मिनलजस्ता हार्डवयर सिस्टमको आवश्यकता पर्दैन।

यो वर्षको अन्त्यमा आउने यो फिचरले आईफोनहरुङ्का बीच सबै प्रकारका भुक्तानीका लागि एनएफसी प्रविधिको उपयोग गर्दछ।

कम्पनीले सेवाको गोपनीयता फिचरलाई संकेत गर्दै कुन यूजरले के खरिद गरेको छ भन्ने थाहा नहुने बताएको छ।

फिन्टेक सेवाहरु स्टराइप र शपिफाई प्वाइन्टले पहिलो पटक यो वर्षको वसन्त ऋतुमा यो ‘ट्याप टू पे’ फिचर आफ्ना व्यावसायिक उपभोक्ताहरुका लागि शुरु गर्ने रोयटर्सले जनाएको छ।

‘तपाईँ इन्टरनेट-फर्स्ट रिटेलरमा सेल्सपर्सन वा व्यक्तिगत व्यावसायी हुनुहुन्छ भने तपाईँले छिट्टै नै तपाईँको खल्तीमा रहेको आईफोनमार्फत् कन्ट्याक्टलेस पेमेन्ट स्वीकार गर्न सक्नुहुनेछ’,स्ट्राइपका चिफ बिजनेस अफिसर बिल्ली आल्भराडोले भने।

प्रकाशित: २७ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...