ताजा समाचार

हल्ट प्राइज आईओईको फाइनल फेब्रुअरी १२ मा हुने

हल्ट प्राइज आईओईको फाइनल फेब्रुअरी १२ मा हुने
Global IME Bank

हल्ट प्राइज आईओईको फाइनल आगामी फेब्रुअरी १२ मा हुने भएको छ।

हल्ट प्राइजको फाइनल कार्यक्रम बज्र टेक्नोलोजिज , नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि विकास बैंक लिमिटेड, इम्प्याक्ट हब नेपाल, भर्टेक्स नेपाल,  र दराजको सहकार्यमा हुनेछ।

१०६ मध्ये कुल १८ टोलीहरू फाइनलमा पुगेका छन् जसले आफ्ना परियोजना निर्णायक प्यानलको अगाडि पिच गर्नेछन्।

१८ फाइनलिस्टलाई एक-एक अन्तररास्ट्रिय मेन्टर प्रदान गरिएको थियो जसमार्फत् उनीहरुले राष्ट्रिय  र अन्तरराष्ट्रिय अनुभव र विचारहरूबाट मार्गदर्शन बटुल्ने अवसर पाए।

अन्तिममा तीन शीर्ष फाइनलिस्ट र एक विजेता टोलि चयन हुनेछ। कार्यक्रममा अनिल केशरी शाह, आकाश खड्का, समीर श्रेष्ठ, संजोग कोइराला , सनुप पौडेल, ऋचा शर्मा र ओसिस थापाको उपस्थिति रहनेछ भने अनुकार महर्जन, डेगेन्द्र शिवाकोटी, नवरूप सहदेव, आंचल कुँवर, सोनिका मानन्धर,आरती गुरुङ मल्ल र डा. सूर्यराज आचार्य निर्णायक रहनेछन ।

क्याम्पस अन्तर्गत  कार्यक्रमका विजेताहरूले १८ हजारको पुरस्कार कोष पाउनेछन् र १ पासवर्डबाट एक वर्षको निःशुल्क खाता प्राप्त गर्नेछन्।

फेब्रुअरी १५ मा दराजले समग्र क्याम्पस अन्तर्गत शीर्ष विजेता टोलीको लागि अन-साइट सत्रको आयोजना गर्नेछ।

समग्रमा क्याम्पस अन्तर्गत सबै विजेता टोलीका प्रत्येक सदस्यले रु ५०० दराज भाउचर प्राप्त गर्नेछन्। अन्य पुरस्कारहरू क्लर्की, डिजिटल ओशन, र टास्केडबाट पनि उपलब्ध हुनेछन्।

चार उद्यमशील वक्ता श्रृंखला, दुई वर्कशप, दुई मेन्टरशिप सत्र, र सेमिफाइनलपछि क्याम्पस आईओई हल्ट प्राइज कार्यक्रम फाइनलमा पुग्न लागेको हो।

Sajilo Visa
easy care