
काठमाडौं ।
चीनले केही समयदेखि क्रिप्टो माइनिङमा क्र्याकडाउन गरिरहेको छ। यति मात्र होइन, धेरै रिपोर्टहरूले दाबी गरेअनुसार रूसले पनि क्रिप्टो माइनिङमा प्रतिबन्ध लगाउने बारे विचार गरिरहेको छ।
यसै कारण हुन सक्छ अमेरिका अब क्रिप्टो माइनिङहरूको लागि मनपर्ने गन्तव्य भएको छ। एक रिपोर्टकाअनुसार देशमा अर्बौं डलरका सयौंदेखि हजारौं माइनिङ मेसिनहरुले बिजुलीको ग्रिडबाट बिजुली तानेर माइनिङको काम भइरहेका छन् ।
एकातिर धेरै राज्यहरु यस व्यवसायबाट उठेको करबाट नाफा कमाउनेतर्फ ध्याना दिईरहेका छन् भने अर्कोतर्फ विद्युतको प्रयोग र वातावरणीय असरलाई लिएर कतिपयले सतर्कता अपनाइरहेका छन् । माइनिङ व्यवसायबाट नाफा कमाउने राज्यहरूमा जर्जिया अग्रस्थानमा रहेको देखिन्छ।
फर्च्यूनको पछिल्लो प्रतिवेदनले जर्जिया माइनिङ कामदारहरूको रोजाइको गन्तव्यको रूपमा आईरहेको देखाएको छ। सो प्रतिवेदनले फाउन्ड्री युएसए चलाउने एक क्रिप्टोकरेन्सी कम्पनीको तथ्याङ्कलाई उद्धृत गर्दै, जर्जियाले जनवरी ३१ सम्म पूलको कम्प्युटिङ पावरको कुल प्रतिशतको ३४ प्रतिशत भन्दा बढी प्रयोग गरेको देखाएको छ। फाउन्ड्रीले विश्वको सबैभन्दा ठूलो माइनिङ पूल फाउन्ड्री युएसए चलाउँछ।
यो संख्या गत वर्षको तेस्रो चौमासिकको आधारमा भन्दा झन्डै दोब्बर हो।
जर्जियाले यसको कम बिजुली मूल्य र ठूलो मात्रामा आणविक र सौर ऊर्जाको उपलब्धताको कारणले माइनिङहरूलाई आकर्षित गरेको रिपोर्टमा उल्लेख छ। तैपनि, केही समयदेखि, धेरै विशेषज्ञहरूले क्रिप्टोकरेन्सी माइनिङलाई वातावरणको लागि नराम्रो भनिरहेका छन्, र सस्तो र स्वच्छ ऊर्जाले माइन गर्ने कम्पनीहरूलाई नियामकहरूको अगाडी उनीहरुलाई दिगो वा उत्सर्जन-मुक्त ब्रान्डको रूपमा आफ्नो तस्बिर प्रस्तुत गर्ने मौका दिने बताउँदै आएका छन्।
जर्जियाका नियामकहरूले पनि माइनिङहरूलाई कानूनमा बाँधेका छैनन्। उनीहरुले राज्यका माइन गर्नेहरूलाई एक विशेष सोलार कार्यक्रमतर्फ निर्देशित गरेका छन्, जसले कम्पनीहरूलाई उनीहरूको उत्सर्जनलाई नवीकरणीय ऊर्जा क्रेडिटमा रूपान्तरण गर्ने अवसर दिन्छ।
प्रकाशित: २७ माघ २०७८, बिहीबार