
काठमाडौं ।
सुनसरीको वराह क्षेत्र नगरपालिका–१० स्थित प्रकाशपुरमा रहेको एनआईसी एसिया बैङ्कको एटीएम बुथ तोडफोडमा संलग्न युवालाई प्रहरीले पक्राउ गरेको छ ।
एनआईसी एसिया बैङ्कको एटीएम बुथ फुटाएर रकम चोरीको प्रयास गर्ने सोही ठाउँका २७ वर्षिय सरोज राईलाई प्रकाशपुर प्रहरी चौकीको टोलीले पक्राउ गरेको छ।
उनको साथबाट बुथबाट चोरी भएको सीसी क्यामरासमेत बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार एटीएम बुथ फुटाउने क्रममा राईले सीसी क्यामराको तार काटेका थिए । बुथ फुटाएर रकम चोरीको प्रयास असफल भएपछि राई सीसी क्यामरा चोरेर फरार भएका थिए ।
प्रहरीले पक्राउ परेको व्यक्ति उपर चोरी मुद्धामा म्याद थप गरी अनुसन्धानअघि बढाइएको जनाएको छ। गोरखापत्र
प्रकाशित: २४ माघ २०७८, सोमबार