स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘गुड प्राक्टिसेज’ पोर्टल सार्वजनिक

  • Technology Khabar | २४ माघ २०७८, सोमबार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘गुड प्राक्टिसेज’ पोर्टल सार्वजनिक
फाइल तस्बिर।
Global IME Bank

काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गुड प्राक्टिसेज पोर्टल सुरु गरेको छ। मन्त्रालयले आइतबार एक सूचना सार्वजनिक गर्दै गुड प्राक्टिसेज (goodpractices.mohp.gov.np) पोर्टल सुरु गरेको जानकारी दिएको हो।

उक्त पोर्टल स्वास्थ्य क्षेत्रमा गरिएका सकारात्मक, रचनातमक सामन्यता गरिएकाभन्दा फरक नविनतम् पहलहरुलाई एकै ठाउँमा सङ्गालेर एक आपसलाई सुसूचित गर्ने र सिकाई आदान प्रदान गर्न सहजिकरण गर्ने उदेश्यले सुरु गरेको उल्लेख गरेको छ।

पोर्टलमा संग्रहित सामग्रीहरुलाई विभिन्न स्रोतबाट संकलन गर्दै लगिने बताइएको छ।

स्वास्थ्य क्षेत्रमा गरिएका सकारात्मक, रचनात्मक भइरहेको भन्दा फरक नविनतम् पहलहरुका बारेमा आवश्यक जानकारी पोर्टलमा प्रविष्ट गरी सहयोग गर्न मन्त्रालयले सम्बन्धित सबैलाई अनुरोध गरेको छ। यसमा तोकिएको ढाँचामा जानकारी राख्न संघ, प्रदेशहरु तथा स्थानीय निकायहरुलाई समेत आग्रह गरेको छ।

यस पोर्टलको बारेमा थप जानकारी लिनका लागि सम्पर्क गर्न समेत आग्रह गरेको छ।

प्रकाशित: २४ माघ २०७८, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार