स्फोटीफाईको पडकास्टबारे आलोचना भएपछि त्यसलाई मिलाउने प्रयासमा जो रोगन

  • Technology Khabar | १९ माघ २०७८, बुधबार
स्फोटीफाईको पडकास्टबारे आलोचना भएपछि त्यसलाई मिलाउने प्रयासमा जो रोगन

काठमाडौं ।

स्फोटीफाईको पडकास्टबारे आलोचना भएपछि जो रोगनले सन्तुलित विचारहरुमार्फत् उक्त आलोचनालाई सम्याउने प्रयास गरेका छन्।

केहीदिन अघि आफ्नो पडकास्टमा कोभिड-१९ बारे भ्रामक जानकारी तथा अभिव्यक्ति दिएको भन्दै सांगीतिक हस्तीहरु नील यङ तथा जोनी मिचेलले उनको आलोचना गरेका थिए।

क्यानडाका ती सांगीतिक हस्तीद्वयले जो रोगनको भ्रामक पडकास्ट प्रसारण गरेको भन्दै स्पोटीफाईबाट आफ्ना गीतहरु झिकिदिन आग्रह गरेका थिए।

यसरी विभिन्न विवाद तथा आलोचनाका कुराहरु आएपछि स्पोटीफाइले तुरुन्तै कोभिड-१९ सम्बन्धी पडकास्टहरुका लागि सामग्री सल्लाहकार समिति बनाउने घोषणा गरेको थियो।

अमेरिकी ब्रोडकास्टर रोगनले स्पोटीफाईसँग उक्त पडकास्टका बारेमा माफी माग्दै अब आइन्दा आफ्ना अभिव्यक्तिमा सुधार ल्याउने वाचा गरेको बीबीसीले जनाएको छ।

सोमबार १० मिनेटको इन्स्टाग्राम भिडियोमा रोगनले अबदेखि आफ्ना कार्यक्रममा विविध विचारयुक्त व्यक्तिहरुलाई ल्याउने प्रयास गर्ने वाचा गरेका छन्। उनको कार्यक्रम औसतमा प्रति एपिसोड १ करोड १० लाख जनाले सुन्ने गर्दछन्।

प्रकाशित: १९ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार