Technology Khabar १८ माघ २०७८, मंगलवार
काठमाडौं ।
यो वर्ष आउने आउने आईम्याक प्रो मा एम१ प्रो म्याक्स चिपसेट रहन सक्ने भएको छ।
हालै मार्क गर्मनले आफ्नो पावर अन न्यूजलेटरको पछिल्लो संस्करणमा एप्पलको २०२२ आईम्याक प्रो रिफ्रेशमा कम्पनीले अत्याधुनिक जेनेरेशनको प्रो तथा म्याक्स चिपसेट रहन सक्ने उल्लेख गरेका हुन्।
उक्त रिपोर्ट अनुसार आउँदै गरेको अल-इन-वन डेस्कटप हालको एम१ चिपसेटयुक्त डिजाइनमै आउने र स्क्रीन भने २७ इन्चसम्म जानसक्ने आकलन गरिएको छ।
एप्पलले गत वर्षको मार्चमा आफ्नो पुरानो इन्टेल चिपसेटयुक्त आईम्याक प्रो को उत्पादन बन्द गरेको थियो।
आईम्याक प्रो को रुमरबाहेक गर्मनले गत वर्षको ग्रीष्मऋतुमा सार्वजनिक भएको बिट्स अडियो बड्सको डिजाइनमा रहेको एयरपड प्रो २ को बारेमा पनि विवरण उल्लेख गरेका छन्।

प्रकाशित: १८ माघ २०७८, मंगलवार