
काठमाडौं ।
विश्वले क्रिप्टो-समर्थन गर्ने ब्लकचेन टेक्नोलोजीमा बूम देखिरहेको छ, साथै ब्लकचेनसँग सम्बन्धित धेरै गलत गतिविधिहरू पनि भईरहेका छन् । सायद यही कारणले गर्दा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो कुनै पनि सामग्रीलाई एनएफटीमा रूपान्तरण गर्न वा डिजिटल सम्पत्तिको रूपमा लिलामी गर्न नचाहेको स्पष्ट पारेको छ।
एनएफटी वा ननफन्जिबल टोकन एक डिजिटल संग्रह हो, जो ब्लकचेनमा आधारित छ। यसमा भिडियो क्लिपहरू, खेल अवतारहरू, कलाकृतिहरू, चित्रहरू, आदि जस्ता धेरै चीजहरू समावेश छन्।
नासाले एजेन्सीको लोगो, फोटो, अडियो रेकर्डिङ, भिडियो क्लिप र अन्य कुनै पनि प्रकारका फाइलहरू व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न नहुने चेतावनी दिएको छ।
अन्तरिक्ष एजेन्सीले भन्यो “नासाले दिशानिर्देशहरूअनुसार शैक्षिक र सूचना उद्देश्यका लागि आफ्ना तस्बिरहरु र भिडियोहरू उपलब्ध गराउँदछ। नन-फन्जिबल टोकनहरू कुनै पनि व्यक्तिको स्वामित्वमा रहेका डिजिटल टोकनहरू हुन्, जुन एक प्रकारको डिजिटल सम्पत्ति हो। नासाले आफ्ना तस्बिरहरू यी उद्देश्यका लागि प्रयोग गर्न चाहँदैन।”
पक्कै पनि यस्तो चेतावनी नासाद्वारा जारी हुनुपर्ने नै थियो, किनभने हालको समयमा, केहि एनएफटी र मेटाभर्स परियोजनाहरूले नासासँग आफ्नो सम्बद्धता उद्धृत गरेका छन्।
अक्टोबर २०२१ मा इथेरियममा आधारित मेटाभर्स “मार्स फोर (Mars4)” ले मानिसहरूलाई उनीहरूलाई रातो ग्रह (मंगल) को एक टुक्रा भर्चुअल संसारमा प्राप्त गर्ने मौका दिने वाचा गरेको थियो।
मिडिया रिपोर्टका अनुसार प्रक्षेपणको प्रतीक्षामा रहेको मेटाभर्स नासाको मंगल ग्रहको भूभागको थ्रीडी नक्सामा सिर्जना गरिएको हो।
नासाले अहिलेसम्म यस परियोजनामा आफ्नो संलग्नता पुष्टि गरेको छैन।
प्रकाशित: १५ माघ २०७८, शनिबार