ओपोद्वारा जीरो–पावर कम्यूनिकेशन ह्वाइट पेपर सार्वजनिक, वायरलेस सिग्नल्सद्वारा सञ्चारित जीरो–ब्याट्री फ्युचर प्रदर्शित

  • Technology Khabar | १२ माघ २०७८, बुधबार
ओपोद्वारा जीरो–पावर कम्यूनिकेशन ह्वाइट पेपर सार्वजनिक, वायरलेस सिग्नल्सद्वारा सञ्चारित जीरो–ब्याट्री फ्युचर प्रदर्शित

काठमाडौं ।

निकट भविष्यमा आईओटी उपकरणहरुले आफ्ना लागि आवश्यक पर्ने उर्जा ब्ल्यूटूथ, वाइफाइ र सेलफोन सिग्नल्सका माध्यमबाट प्रत्यक्षरुपमा लिन सक्नेछन् । यसले गर्दा भविष्यमा उपकरणहरुको आकार सानो गर्न सकिने, अत्यधिक टिकाउपना र न्यून खर्च लगायत विशेषता थप्न मद्दत गर्छ । ट्याग ब्याट्री प्रतिस्थापन वा रिचार्ज बिनै उपकरणको अवस्थिती थाहा पाउन विद्युतीय ट्यागको प्रयोग हुनेछ । त्यसैगरी, हरेक लोपोन्मुख प्रवासी चराहरुमा लामो दूरीका ट्रयाकिङ उपकरण जडान गरिनेछ । यसले गर्दा ब्याट्रीको संख्यामा उल्लेखनिय कमी आउनेछ । यी ओपोको “जीरो पावर कम्युनिकेशन” ह्वाइट पेपरमा उदृढ गरिएका भविष्यका दृष्यहरु हुन् ।
ओपो रिसर्च इन्स्टिच्यूटले जनवरी २०मा आधारिकरुपमै जीरो–पावर कम्युनिकेशन अन्तर्गत आफ्नो ह्वाइट पेपर सार्वजनिक गरेको छ । यो पेपरले जीरो–पावर कम्युनिकेशनको आईओटी क्षेत्रमा विद्यमान मागको अपर्याप्त आपुर्तिको प्राविधिक अवस्थितीको अन्वेषण गर्दै भविष्यका अन्य सञ्चार प्रणालीसंगको सहअस्तित्वको सम्भावनार्थ प्राविधिक विकसका लागि मार्गचित्र प्रस्तुत गरेको छ ।

अहिले बजारमा उपलब्ध अधिकांश पोर्टेवल विद्युतीय उपकरणहरु शक्तिको श्रोतका लागि ब्याट्रीमा निरभर हुन्छन् । पछिल्ला केही बर्षमा ब्याट्री प्रविधि मातहत धेरै विकासहरु भएतापनि आकार, उत्पादन खर्च, आयु, प्रयोग सहजता र पर्यावरण मैत्री लगायत क्षेत्रमा अझै प्रशस्त समस्याहरु रहेका छन् । जीरो–पावर सञ्चार प्रविधिले वातावरणबाटै एम्बियन्ट रेडियो फ्रिक्वेन्सी उर्जा संकलन गर्दै ब्याट्रीको आवश्यकता नै नपर्ने अवस्थाको सिर्जना गर्छ । फलतः अत्यधिक कम्प्याक्ट, कुशल र सुलभ मूल्यका उपकरणहरु सम्भव हुनेछन् । ब्यवसायिक उपयोगिताका आधारमा यस्ता विशेषता वेयरहाउजिङ्, लजिस्टिक्स र कृषि तथा पहिरिन मिल्ने उपकरण (वेयरेवल), स्मार्ट होम्स र अन्य अत्याधुनिक उपभोक्ता अनुप्रयोगहरुकाश लागि फाइदाजनक हुनेछन् ।

“जीरो–पावर सञ्चार प्रविधिले विद्युतिय उत्पादकहरुलाई आफ्ना उत्पादनबाट ब्याट्री हटाउन सक्षम बनाउने छन् । जसले गर्दा उत्पादनको मूल्यका साथै प्रक्रियामा वातावरणीय प्रभाव न्यूनिकरणमा समेत सघाव मिल्नेछ । त्यसैगरी बीफाइभजी/सिक्सजी पुस्ता तिर अग्रसर हुँदै गर्दा जीरो–पावर कम्युनिकेशन हाम्रो मुख्य केन्द्रविन्दुमा पर्ने क्षेत्र हो”, ओपोका प्रमुख फाइभजी बैज्ञानिक हेनरी ट्यांगले भने।

जीरो–पावर सञ्चार प्रणालीको निर्माण सेल्युलर कम्युनिकेशन्स, साइडलिंक कम्युनिकेशन्स वा दुबैको समस्तिगत उपयोग गर्ने फ्रेमवर्क मातहत गर्न सकिन्छ । सेल्युलरमा आधारित जीरो–पावर सञ्चार प्राणालीहरुले उत्कृष्ट रुपमा औद्योगिक सेन्सर सञ्जाल एप्लिकेशन्स सपोर्ट गर्न सक्षम हुनेछन् । साइडलिंकमा आधारित पहल वेयरेवल्स वा स्मार्ट होम उपकरण लगायत न्यून मूल्यका छोटो दुरीका सञ्चारमा उपयोग हुने जसले प्राप्त गरिने डाटा प्रशोधन गर्ने क्षमतापनि बोक्छन्का लागि निकै उपयोगी हुन्छन् । सेल्यूलर र साइडलिंक दुबैको प्रयोग हुने हाइब्रिड पहलले विकासकर्ताहरुलाई जीरो–पावर सञ्चार प्रणाली मार्फत उपयोगिताका थप सम्भावना उजागर गर्न सघाउ पुग्नेछ ।

ओपोले सफलतापूर्वक आफ्नो जीरो–पावर सञ्चार प्रणालीको निर्माण तथा भविष्यका सञ्चार सञ्जालका लागि यसको सम्भाव्यता सफलतापूर्वक प्रदर्शित गरिसकेको छ । आफ्नो नवप्रवर्तनका साथै ओपोले जीरो–पावर सञ्चार मानकको प्रचारका लागि पनि अग्रभूमिका निर्वाह गरिरहेको छ । जस अन्तर्गत कम्पनीले थ्रीजीपीपीका सामु जीरो–पावर सञ्चार अनुसन्धान परियोजनाहरु प्रस्ताव गर्नुका साथै फ्युचर र आईसीसीसी जस्ता उद्योग सम्मेलनहरुमा यसको निस्कर्षहरु समेत प्रस्तुत गरिसकेको छ । सन् २०२१ सेप्टेम्बरमा आयोजित आईएमटी–२०३० सिक्सजी भिजन वर्कशपमा ओपोको विशेष पहलमा जीरो–पावर कम्युनिकेशन फोरुमको आयोजना गरियो । कार्यक्रममा शैक्षिक र औद्योगिक संगठनहरुलाई जीरो–पावर कम्युनिकेशनका अनुप्रयोगहरु, प्राविधिक आवश्यकताहरु तथा प्रमुख प्रविधिहरुका बारेमा छलफल गर्न आमन्त्रित गरिएको थियो । उद्योगहरु सिक्सजी प्रविधितर्फ अग्रसर हुँदै गर्दा ओपोले सिक्सजीको पूर्ण क्षमता उपलब्ध गराउनका लागि जीरो–पावर कम्युनिकेशनले रिकन्फिगरेवल इन्टेलिजेन्ट सर्फेसेज, सिम्बायोटिक रेडियो, नन्–अर्थोगोनल मल्टिपल एक्सेस (एनओएमए) र एआई लगायत प्रमुख प्रविधिहरुसंग काम गर्ने विश्वास लिएको छ ।

जीरो–पावर कम्युनिकेशन ह्वाइट पेपर भन्दा अगाडी ओपोले अत्याधुनिक सञ्चार प्रविधि मातहत आफ्नो निरन्तर अन्वेषणको नतिजा आफ्नो सिक्सजी एआई–क्युब इन्टेलिजेन्ट नेटवर्किङ ह्वाइट पेपरपनि प्रकाशित गरिसकेको छ । आफ्नो ब्राण्ड मिशन “टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड” अनुरुप थप बौद्धिक, थप सुविधाजनक र अझ पर्यावरण मैत्री सञ्चार प्रणालीको विकास गर्ने कार्यलाई निरन्तरता प्रदान गर्दैै आउँदा ३देखि ५ बर्ष भित्र ब्यवसायिक जीरो–पावर सञ्चार प्रविधि सार्वजनिक गर्ने लक्ष्य लिएको छ।

प्रकाशित: १२ माघ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...