
काठमाडौं ।
मौसम पूर्वानुमान कम्पनी एक्यूवेदरले फ्रान्सेली स्टार्टअप प्लुम ल्याब्स (Plume Labs) लाई खरिद गरेको छ तर सम्झौताका सर्तहरू अज्ञात रहेको टेकक्रन्चले रिपोर्टमा उल्लेख गरेको छ। मूल रूपमा २०१४ मा स्थापना भएको, प्लुम ल्याब्सले बिस्तारै वायु प्रदूषण डाटामा केन्द्रित तीन फरक उत्पादनहरू प्रस्ताव गर्न आफ्नो उत्पादन अफर विस्तार गरेको छ।
सर्वप्रथम, स्टार्टअपले आईओएस र एन्ड्रोइडका लागि मोबाइल एप सुरू गर्यो जसले तपाईंलाई हावाको गुणस्तरको बारेमा जानकारी दिन्छ। सुरुमा, यो एक साधारण शहरी स्तरको वायु प्रदूषण पूर्वानुमान एप थियो। कम्पनीले समयसँगै प्रदूषण कसरी बढ्छ भन्ने अनुमान गर्न विभिन्न स्रोतहरूबाट डाटा जम्मा गर्ने गर्दछ।
समय बित्दै जाँदा, प्लुम ल्याब्सले आफ्नो पूर्वानुमान गर्ने क्षमतामा सुधार ल्यायो, किनकि यसले अब केही दिनको लागि हावाको गुणस्तरको भविष्यवाणी गर्न सक्छ। प्लुम ल्याब्सले आफ्नो भविष्यवाणीका लागि केही मेसिन लर्निङ मोडेलहरू प्रयोग गर्छ। यसले अब रोड टू रोड जानकारीको साथ विस्तृत नक्साहरू पनि प्रदान गर्दछ।
प्लुम ल्याब्स त्यसपछि वायु गुणस्तरको ट्र्याकिङ भिजुअल र कार्ययोग्य बनाएर आफ्ना प्रयोगकर्ताहरूलाई सशक्त बनाउन चाहन्थे। त्यसैले यसले ब्लुटुथको न्यून ऊर्जा प्रयोग गरेर तपाईंको स्मार्टफोनमा कनेक्ट गर्ने आफ्नै एयर क्वालिटी ट्र्याकर डिजाइन गरेको छ।
दोस्रो पुस्ताको उपकरणले कण पदार्थ (पीएम१,पीएम२.५ र पिएम१०) साथै प्रदूषित ग्याँसहरू (नाइट्रोजन डाइअक्साइड र वाष्पशील जैविक यौगिकहरू) ट्र्याक गर्न सक्छ। यो अपेक्षाकृत सफल भएको छ, किनकि त्यहाँ हाल सरकार-समर्थित निगरानी स्टेशनहरू भन्दा बढी प्लुमी ल्याब्स उपकरणहरू प्रयोग भइरहेको छ।
रिपोर्टकाअनुसार जनवरी २०२० मा, एक्यूवेदरले यसको मौसम पूर्वानुमान उत्पादनहरूमा प्लुम ल्याब्सका डाटा एकीकृत गर्यो। मौसम पूर्वानुमान कम्पनीले त्यो अवसरलाई प्लुमी ल्याब्समा एक हिस्सेदारी प्राप्त गर्न प्रयोग गर्यो। र अब, एक्यूवेदरएक कदम अगाडि बढ्दै छ र कम्पनीको बाँकी अधिग्रहण गर्दैछ।
प्लुम ल्याब्स एक्यूवेदरको लागि जलवायु र पर्यावरण डाटाको लागि केन्द्र हुनेछ। यो अधिग्रहणले वायु प्रदूषण धेरै उद्योगहरूको लागि मुख्य मेट्रिक बनिरहेको प्रमाणित गर्छ।
यो अधिग्रहणपछि पनि प्लुम ल्याब्सको सेवा निरन्तर रहने बताईएको छ।
प्रकाशित: ११ माघ २०७८, मंगलवार