
काठमाडौं ।
सप्ताहन्तमा यस क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि जापानी टेक कम्पनी तोशिबाले सोमबार उसले दक्षिणी जापानको ओइटामा रहेको एउटा प्लान्टको सञ्चालन स्थगित गरेको बताएको छ। सो प्लान्टले कार र औद्योगिक मेसिनरीहरूमा प्रयोग हुने सेमिकण्डक्टरहरू बनाउने रोयटर्सले उल्लेख गरेको छ।
‘सो भुकम्पमापरेर केही उपकरणहरू क्षतिग्रस्त भएका थिए र कम्पनीले उत्पादनमा परेको प्रभावको विश्लेषण गरिरहेको छ,’ तोशिबाले एक विज्ञप्तिमा भन्यो।
तोशिबा इलेक्ट्रोनिक उपकरण र भण्डारणका प्रवक्ताले बताएअनुसार प्लान्टले सिस्टम एलएसआई चिपहरू बनाउँछ, जसको लगभग ६० प्रतिशत कार निर्माताहरू र औद्योगिक मेसिनरी निर्माताहरूलाई बेचिन्छ।
‘तोशिबालाई अझै थाहा छैन कि यसले कहिले उत्पादन पुन: सुरु गर्न सक्छ र सम्भवतः मंगलबार अपडेट प्रदान गर्नेछ,’ उनले थपे।
कम्पनीले उत्तरी जापानको कारखानामा पनि यस्तै सिस्टम एलएसआई चिपहरू पनि बनाउँछ, अन्य घरेलु उत्पादकहरू जस्तै रेनेसास इलेक्ट्रोनिक्सले पनि उपकरणहरू निर्माण गर्दछ।
प्रकाशित: १० माघ २०७८, सोमबार