हल्ट प्राइज एट आईओईको तेस्रो उद्यमशीलता टक शृङ्खला व्यापार विचार सिर्जना सम्पन्न

  • Technology Khabar | १० माघ २०७८, सोमबार
हल्ट प्राइज एट आईओईको तेस्रो उद्यमशीलता टक शृङ्खला व्यापार विचार सिर्जना सम्पन्न

काठमाडौं ।

हल्ट प्राइजले आफ्नो तेस्रो कार्यशाला उद्यमशीलता टक शृङ्खला व्यापार विचार सिर्जना सम्पन्न गरेको छ।

करिब १ सय १० जना  सहभागी भएका उक्त अन्तर्क्रियात्मक कार्यक्रममा आफ्नो टोलीलाई १० लाख डलरसम्म पुर्यउनका लागि ठोस व्यापार विचारहरु, विद्यमान समस्याहरु र उचित समाधानबारे छलफल भएको थियो।

कार्यक्रममा अभिनव सेवा कम्पनी, बज्र टेक्ननोलोजिजका प्रमुख रणनीति प्रबन्धक श्रेयान पौडेलले विचार,अवधारणा ,प्रमाणीकरण, प्रस्ताव विकास, बजार भ्रमण, राजस्व विभाग र मापन कार्यहरुबारे प्रकाश पार्दै व्यापार प्रस्फुटन हुन उपभोक्ताहरुको सहमति र वस्तुको ठोस प्रमाणीकरण आवश्यक रहेको जानकारी दिए।

यसबाहेक उनले कुनै पनि प्रयोजना परिपूर्ति गर्न क्यानभास,स्टार, गान्ट चार्ट, गुगल शीट्स जस्ता उपकरण प्रयोग गर्न सकिने र स्पष्ट वित्त राख्ने सल्लाह दिए।

यसैगरी टेडएक्स स्पिकर तथा भर्चुअल इन्फोकम का संस्थापक र प्रमुख कार्यकारी अधिकृत अर्जित भट्टाचार्यले कार्यान्वयन नगर्दासम्म प्रयोजना विचारमा मात्र सीमित रहने कुरा गर्दै आफ्नो सोच,अनुभव, विचार समायोजन गरी अत्यावश्यक खण्डमा मात्र सामूहिक उध्यमशीलतामा भाग लिनुपर्ने बताए।

अर्का वक्ता फुडमान्डुका संस्थापक र प्रमुख कार्यकारी अधिकृत मनोहर अधिकारीले फुडमान्डुको स्थापनाको कारक र आवश्यक्ताबारे वर्णन गर्दै व्यापारमा सबभन्दा महत्व समस्या प्रक्षेपण लाइ दिनुपर्ने बताए।

कार्यक्रममा गिनिज सोलुसनका ग्लोबल मुख्य प्रविधि अधिकारी अञ्जनी फुयाँलले आफूले क्लाउड कम्प्युटिङका माध्यमबाट डिजिटल रूपान्तरण गर्न सक्षम रहेको र अमेजन, उबर,आइकी, नेटफ्लिक्श आदिको उदाहरण दिँदै सबै टेक कम्पनीहरुको अन्तिम उद्देश्य प्रविधिबाहेक स्वास्थ्य, वित्त, मिडिया आदि सम्म पुग्ने रहेको बताए।

प्रकाशित: १० माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...