
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले माघ ११ गतेबाट अनलाइनमार्फत् पठनपाठन सञ्चालन गर्न गराउन सम्बन्धित डीन कार्यालयहरुलाई निर्देशन दिएको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको तेस्रो भेरियन्ट फैलिरहेको अवस्थामा सम्भावित जोखिम नियन्त्रणका लागि यस्तो निर्णय गरिएको एक सूचनामार्फत् त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले आज जनाएको हो।
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालयले विद्यालयहरु माघ १५ सम्मका लागि बन्द गरिसकेको छ भने केही विश्वविद्यालयका परीक्षा पनि अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएका छन्।
विश्वविद्यालयले आज दैनिक कार्यालय सञ्चालन सम्बन्धमा ६ बुँदे तथा पठनपाठन सम्बन्धमा ९ बुँदे निर्देशन जारी गरेको हो।
यस्तो छ विश्वविद्यालयले जारी गरेको पठनपाठन सञ्चालन सम्बन्धी ९ बुँदे निर्देशन:
१.अनलाइन कक्षालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबै क्याम्पसले सहायक क्याम्पस प्रमुखको संयोजकत्वमा बढीमा ७ सदस्यीय अनलनइन कक्षा व्यवस्थापन समिति गठन गर्ने यो समितिले अनलाइन कक्षा सञ्चालनका लागि सबै व्यवस्थापन गर्ने र हरेक हप्ता अध्ययन संस्थान/डीन कार्यालयले अनलाइन कक्षा अनुगमन समितिलाई प्रगति प्रतिवेदन पेश गर्ने उल्लेख गरिएको छ।
२. सबै क्याम्पस तथा विभागहरुले माघ १० गतेभित्र अनलाइन कक्षाको रुटिन बनाई सम्बन्धित डीन कार्यालयमा पठाउने
३. माघ ११ गतेदेखि सबै सैद्धान्तिक कक्षाहरु अनलानइनको माध्यमबाट सञ्चालन गर्ने
४. ईमेल बन्न बाँकी रहेका सबै शिक्षक कर्मचारीहरुको ईमेल बनाउन सबै निकायले सूचना प्रविधि तथा नवपिरवर्तन केन्द्रले तवकेर्को ढाँचामा माघ १० गते भित्र [email protected] मा पठाउने
५. भाैतिक उपस्थितिमा हुनुपर्ने प्रयोगात्मक कक्षाहरु अभ्यास शिक्षण इन्टर्नशिप आदिका सम्बन्धमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई भोतिक उपस्थितिमा नै सञ्चालन गर्ने। स्थानीय निकायसँग समन्वय गरी भाैतिक कक्षा लिन सकिने अवस्था भएमा भोतिक कक्षा लिन सकिने
प्रकाशित: ९ माघ २०७८, आईतवार