क्रिप्टोकरेन्सी कारोबार तथा नेटवर्क मार्केटिङ्ग गर्नेलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

  • Technology Khabar | ९ माघ २०७८, आईतवार
क्रिप्टोकरेन्सी कारोबार तथा नेटवर्क मार्केटिङ्ग गर्नेलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी लगायतका भर्चुअल करेन्सी कारोबार र लगानी गैरकानूनी भएको बताएको छ।

केन्द्रिय बैंकले आज सार्वजनिक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी/भर्चुअल करेन्सी लगायतसँग सम्बन्धित हाइपर फण्डमा लगानी गर्ने कार्यमा सचेत हुन तथा पिरामिड शैलीका नेटवर्क मार्केटिङ्गहरुमा आबद्ध हुन प्रोत्साहन गर्ने गराउने जानकारी आएको भन्दै त्यस्ता विषयमा गंभिर ध्यानाकर्षण भएको बताएको छ।

राष्ट्र बैंकले त्यस्ता क्रिप्टोकरेन्सी भर्चुअल करेन्सीले विनिमय कारोबारमा मान्यता नपाएको भन्दै त्यस्ता गैर कानूनी वित्तिय औजारमा लगानी र कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैध तरीकाले रकम विदेशीने हुँदा त्यस्तो कारोबारमा संलग्न नहुन भनेको छ।

नेपाल भित्र बस्ने विदेशीसहित वा विदेशमा बस्ने नेपाली नागरिकहरुले त्यस्तो कारोबार तथा लगानी कार्य गरे गराएको खण्डमा कानूनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ।

यसअघि पनि बैंकले नेपालभित्र क्रिप्टोकरेन्सी/भर्चुअल करेन्सी कारोबारलाई अवैध भएको घोषणा गरीसकेको छ। बैंकले २०७८ भदौ २४ गते सार्वजनिक सूचनामार्फत नेपालमा क्रिप्टोकरेन्सी/भर्चुअल करेन्सी को कारोबार गैरकानूनी भएको बताएको थियो।

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी

स्मरणरहोस केहि दिनअघि नेपाल प्रहरीले क्रिप्टोकरेन्सी/भर्चुअल करेन्सी कारोबार गरेको र लगानी गरेको भन्दै तीनजना युवालाई पक्राउ गरेको थियो।

सम्बन्धित समाचार-

क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार गर्ने तीन जना पक्राउ

हेर्नुस सूचना-

 

प्रकाशित: ९ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...