
काठमाडौं ।
भारतमा टेलिकम अपरेटरहरु फाइभजी सेवा रोलआउट गर्ने तयारीमा छ्न। यसैबीच रिलायन्स जियोले भारतका एक हजार सहरमा ५जी लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले आफ्नो फाइभजी नेटवर्कमा स्वास्थ्य सेवा र औद्योगिक स्वचालन परीक्षण गरिरहेको छ।
भारतीय मिडियाहरुको रिपोर्टअनुसार रिलायन्स जियोले फाइभजी नेटवर्कमा डाटा खपत बढी हुने भएकाले उच्च उपभोग क्षेत्र र ग्राहकहरू पहिचान गर्न हीट म्याप, थ्रीडी म्यापर रे ट्रेसिङ प्रविधि प्रयोग गरिरहेको छ, ताकि ग्राहकहरुको आवश्यकता अनुसार बलियो नेटवर्क निर्माण गर्न सकोस् । रिलायन्स इन्डस्ट्रिजको त्रैमासिक नतिजामा यो खुलासा भएको हो । तर, कम्पनीले अहिलेसम्म सहरको नामावली सार्वजनिक गरेको छैन।
जियोले ग्राहक आधारित ५जी सलुसनहरू विकास गर्न धेरै टोलीहरू गठन गरेको छ। जसलाई भारत र अमेरिकामा तैनाथ गरिएको छ ताकि उनीहरूले विभिन्न प्रकारका ५जी सलुसनहरू विकास गर्न सकून्। यी टोलीहरूले त्यस्ता ५जी समाधानहरू सिर्जना गर्नेछन्, जुन प्राविधिक स्तरमा विश्वको तुलनामा बराबर वा राम्रो हुने कम्पनीको भनाई छ। यसका साथै कम्पनीले युरोपमा टेक्नोलोजी टोली पनि बनाएको छ जसले फाइभजीको पूर्व तयारी गर्नेछ।
कम्पनीले फाइभजीको द्रुत तैनाथीका लागि पूर्वाधारलाई पनि द्रुत गतिमा बढाउँदैछ। स्थलहरूमा फाइबर र बिजुलीको उपलब्धता पनि बढाइएको छ।
प्रकाशित: ९ माघ २०७८, आईतवार