सामाजिक सञ्जालमा ‘वन चिप च्यालेन्ज’ भाइरल भएपछि कैयौं अमेरिकी बालबालिका अस्पताल भर्ना

  • Technology Khabar | ८ माघ २०७८, शनिबार
सामाजिक सञ्जालमा ‘वन चिप च्यालेन्ज’ भाइरल भएपछि कैयौं अमेरिकी बालबालिका अस्पताल भर्ना

काठमाडौं ।

सामाजिक सञ्जालमा भाइरल वन चिप च्यालेन्जले धेरै बालबालिकालाई असर गरेको छ। पानी नपिई मसलादार चिप्स खाँदा धेरै बालबालिका बिरामी परेपछि अस्पताल भर्ना हुनुपरेको थियो।

अमेरिकाको क्यालिफोर्निया स्कूल डिस्ट्रिक्टले भाइरल “वन चिप च्यालेन्ज” प्रवृतिमा भाग लिएपछि कम्तिमा ३ उच्च विद्यालयका विद्यार्थीहरूलाई अस्पतालमा भर्ना गरिएको पुष्टि गरेको छ। आलुको चिप्स खाँदा बिरामी परेका केही विद्यार्थी साक्रामेन्टो नजिकै लोदी हाई स्कूलका थिए। मसलादार चिप्स खाँदा यी बालबालिकाको स्वास्थ्य अवस्था बिग्रिएको थियो ।

वन चिप च्यालेन्जमा धेरै बालबालिका बिरामी

विद्यालयका प्रिन्सिपल एडम एरबाचले मिडियालाई बताएअनुसार यसमा भाग लिने प्रत्येक विद्यार्थीले एकै प्रकृतिको समस्याको सामना गर्नुपरेको थियो।

धेरै विद्यार्थीहरूले मसलादार चिप्स खाएपछि सास फेर्न गाह्रो भएको गुनासो गरे। कतिपय विद्यार्थीले बान्ता हुने पनि गुनासो गरेका छन् । उच्च विद्यालयका प्रधानाध्यापकले मसलादार चिप्स बोकेका विद्यार्थीलाई घर पठाइने चेतावनी पनि दिएका छन्। यसबारे अभिभावकलाई पनि जानकारी गराइएको छ।

वन चिप चुनौती के हो?

वन चिप्स च्यालेन्ज पाक्यू (Paqui) ब्रान्डद्वारा सिर्जना गरिएको थियो। टिकटकमा हालसम्म #onechipchallenge ह्यासट्याग ४७ करोड ५५ लाख पटक हेरिएको छ। ब्रान्डको वेबसाइटका अनुसार आलु चिप्समा क्यारोलिना रिपर र स्कर्पियन कालो खोर्सानी थपिएको थियो। धेरै नै पिरो खुर्सानीबाट बनेको आलु चिप्स खाने चुनौती थियो। हेर्दा हेर्दै यो चुनौती निकै भाइरल भयो। धेरै बच्चाहरूले यो चुनौती स्वीकार गरे र मसालेदार चिप्स खाएपछि बिरामी परेका थिए।

https://www.instagram.com/aoc/?utm_source=ig_embed&ig_rid=5d4d3664-3770-4b96-866e-e4d8a0d8ef66

प्रकाशित: ८ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...