सामसङ ग्यालेक्सी अनप्याक्ड फेब्रुअरीमा हुने, सामसङ ग्यालेक्सी एस २२ सिरिज आउने

  • Technology Khabar | ८ माघ २०७८, शनिबार
सामसङ ग्यालेक्सी अनप्याक्ड फेब्रुअरीमा हुने, सामसङ ग्यालेक्सी एस २२ सिरिज आउने

काठमाडौं ।

सामसङ ग्यालेक्सी एस २२ श्रृंखला अर्को महिना दक्षिण कोरियाली टेक कम्पनीको आगामी फ्ल्यागशिप श्रृंखलाको रूपमा लन्च हुनेछ। यसमा सामसङ ग्यालेक्सी एस२२, ग्यालेक्सी एस२२ प्लस र ग्यालेक्सी एस२२ अल्ट्रा स्मार्टफोनहरू कम्पनीको आगामी इभेन्टमा लन्च गर्न सकिनेछ।

सामसङले अब यी डिभाइसहरूको बारेमा टिजर लन्च गर्न सुरु गरेको छ, जुन कम्पनीको ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा प्रस्तुत गरिनेछ। यो कार्यक्रम फेब्रुअरीमा हुने अनुमान गरिएको छ। यो स्मार्टफोन विभिन्न देशहरुको आधारमा स्न्यापड्रागन ८ जेन १ र एक्सनोज २२०० प्रोसेसरका साथ आउने भनिएको छ।

सामसङका अध्यक्ष र एमएक्स व्यवसायका प्रमुख टीएम रोहले बिहीबार एक ब्लग पोस्टमा कम्पनीको आगामी सामसङ ग्यालेक्सी एस २२ सिरिजलाई टिज गरेका छन्। उनले ग्यालेक्सी एस सिरिजको अर्को पुस्ता छिट्टै सार्वजनिक गरिने जानकारी दिए ।

रोहले यस वर्षको शृङ्खला अहिलेसम्मकै सबैभन्दा “उल्लेखनीय” सिरिज हुने बताएका छन्। संभवत सामसङ ग्यालेक्सी एस २२ अल्ट्रामा एक इनबिल्ट एस पेन सुविधा हुनेछ, जसले कम्पनीको नोट लाइनअपलाई प्रतिस्थापन गर्नेछ। यो ब्लग पोस्टमा पनि पुष्टि गरिएको छ कि ग्यालेक्सी अनप्याक्ड फेब्रुअरीमा नै हुनेछ।

सामसंगले आगामी ग्यालेक्सी अनप्याक्ड कार्यक्रमको टिजर भिडियो पनि जारी गरेको छ, जसमा अर्को महिना लन्च हुने स्मार्टफोनसँग सम्बन्धित धेरै जानकारी राखिएको छैन।

अहिलेसम्म, सामसङले आगामी ग्यालेक्सी अनप्याक्ड कार्यक्रमको लागि आधिकारिक मिति घोषणा गरेको छैन, तर टिपस्टर आइस युनिभर्सले जानकारी दिएअनुसार ग्यालेक्सी अनप्याक्ड इभेन्ट फेब्रुअरी ८ मा आयोजित हुनेछ, किनकी चीनमा लन्च मिति फेब्रुअरी ९ तारिख तोकिएको छ।

प्रकाशित: ८ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार