नव-प्रवर्तन र देशको समृद्धि बारे बताउन नास्टले गीत तयार पार्ने

  • Technology Khabar | २ माघ २०७८, आईतवार
नव-प्रवर्तन र देशको समृद्धि बारे बताउन नास्टले गीत तयार पार्ने

काठमाडौं ।

नवप्रवर्तनात्मक कार्यलाई प्रबर्द्धन र उत्साहित गर्न भन्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गीत तयार पार्ने भएको छ।

नास्टले नवप्रवर्तन र स्टार्टअपका बारेमा तथा नास्टको कामहरुको बयान गर्नेगरी ‘नास्ट गान’ तयार पार्नका लागि आव्हान गरेको छ।

नास्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव–प्रवर्तन सम्बन्धी र यस मार्फत देशको समृद्धि बारे पूर्णभाव प्रस्फूटन हुने गरी “नास्ट गान” नेपाली भाषामा तयार गर्नु पर्ने बताईएको छ।

सो नास्ट गान तयार पार्न इच्छुक सर्जकहरूलाई ६० शब्दमा नबढाई २०७८ माघ मसान्त भित्र तयार गरी इमेलः [email protected] मा पठाउन नास्टले आव्हान गरेको छ।

छनौट हुने सर्वोत्कृष्ट “नास्ट गान” लाई रू.५०,०००।–पुरस्कार प्रदान गरिने नास्टले जनाएको छ।

प्रकाशित: २ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Australian PM says to enact laws to govern AI

  • Technology Khabar
  • २ माघ २०७८, आईतवार