भेमाथाङमा ‘डिजिपिएस’ सर्भे सम्पन्न, तीन सातामा प्रतिवेदन तयार हुने

  • Technology Khabar | ३० पुष २०७८, शुक्रबार
भेमाथाङमा ‘डिजिपिएस’ सर्भे सम्पन्न, तीन सातामा प्रतिवेदन तयार हुने

काठमाडौं ।

एक साताअघि भेमाथाङमा हिमपातमा परेर फर्किएको एडिविको टोलीले बाँकी रहेको काम शुक्रबार सकेको छ। शुक्रबार विहान हेलिकोप्टरमार्फत गएको पाँच जनाको विज्ञ टोलीले डीजीपीएस (डिफ्रेन्सियल ग्लोबल पोजिसनल सर्भे)को काम सकेर फर्किएको टोली मध्येका एक जनाले जानकारीले दिएका छन्।

गत असार १ गते आएको बाढीले पुर्याएको क्षति र त्यहाँको भौगर्भिक अवस्थाको बारेमा अध्ययन गर्न करिब दुई साता अघि एसियाली विकास बैंक (एडीबी)को टोली मेलम्ची नदीको उद्गमस्थल भेमाङथाङ पुगेको थियो।

टोलीले त्यहाँ रहँदा माटोको थिकनेस, बगेको माटोको अवस्था र चट्टानको अवस्थितिको विषयमा अध्यययन गरेको थियो।

हिमपात परेको र मौसम नखुलेकाले डिजिपिएसको काम सकिएको थिएन। डीजीपीएस सर्भेका लागि खोला कहाँकहाँबाट बगेको छ भन्ने मूल ठाउँ पत्ता लगाउन गरिने काम हो।

उक्त स्थानमा पुगेको टोलीले हिँउमा पुरिएको २० प्रतिशत अध्ययनका सामग्री पनि ल्याएको जनाएको छ। अझै दुई फिट हिँउ नै रहेकाले अरु सामान निकाल्न नसकिएको टोली मध्येका एकले जानकारी दिए।

अबको तीन साता भित्रमा अध्ययनको प्रतिवेदन सार्वजनिक गरिने बताइएको छ।

प्रकाशित: ३० पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...