आर्थिक समाचार

सिभिल बैंक खाता ‘खल्ती’ मा लिङ्क गर्दा रु.१०० बोनस र स्मार्टफोन उपहार पाईने

सिभिल बैंक खाता ‘खल्ती’ मा लिङ्क गर्दा रु.१०० बोनस र स्मार्टफोन उपहार पाईने
Global IME Bank

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी “खल्ती’ ले सिभिल बैंक खाता ‘’खल्ती’’सँग लिङ्क गर्ने प्रयोगकर्ताहरुका लागि रु. १०० बोनस अफर ल्याएको छ। साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसङ स्मार्टफोन जित्ने छन्।

यो बोनस अफर पहिलो पटक सिभिल बैंक एकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागुहुने कम्पनीले जानकारी दिएको छ।

प्रयोगकर्ताले लिंक गर्न अगाडी केवाईसी भेरिफाइ गराउनु पर्नेछ। केही सेकेण्डमै आफ्नो बैंक लिङ्क गरी उक्त लिङ्क गरिएको सिभिल बैंक एकाउन्टबाट ‘खल्ती’मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ।

यो अफर प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमित रूपमा पैसा लोड गर्न लाग्ने समयलाई कम गर्न ल्याइएको बताईएको छ।

एक पटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको भुक्तानी गर्न सहज बनाउँछ। रु. १०० बोनस अफर पुस ३० गतेदेखि फागुन १ सम्म लागु हुने जानकारी दिएको छ।

सिभिल  बैंक खाता ‘खल्ती‘मा लिङ्क गर्न, प्रयोगकर्ताहरूले निम्न कुराहरू गर्नुपर्छ:

  • ‘खल्ती‘ को होमस्क्रिनमा रहेको ‘Link Bank Account’ मा ट्याप गर्ने।
  • त्यहाँ “लिंक बैंक टु खल्ती” मा ट्याप गर्नुहोस्।
  • सिभिल बैंक छानी बैंक खाता नम्बर हाल्नुहोस् र सब्मिटमा ट्याप गर्नुहोस्।
  • जानकारी ठिक छ भने ‘लिंक बैंक’ मा ट्याप गर्नुहोस्।
  • आफ्नो मोबाइलमा प्राप्त गर्नुभएको ओटिपी (भेरिफिकेसन कोड) भर्नुहोस् र भेरिफाइमा ट्याप गर्नुहोस्।
  • तपाईंको ‘’खल्ती’’ बाट बैंक खाता लिंक तुरुन्तै हुनेछ।

यस लगायत ‘खल्ती’ मा थप १८ बैंकको खाता लिंक गर्न सकिने कम्पनीले जनाएको छ।

Sajilo Visa
easy care