
काठमाडौं ।
फाइभजी राउटर र मेष वाइफाई ल्याएको क्लासिक टेकले इन्टरनेटको आवश्यकता र आफ्ना प्रयोगकर्ताहरुको माग बुझेर छिठो छरितो र एकदमै न्यून मुल्यमा नयाँ उच्च इन्टरनेट गतिको टाक्एन प्याकेज ल्याएको छ।
फेसबुक लाइभ मार्फत नयाँ ब्राण्ड एम्बासेडर बिपिन कार्कीद्वारा उक्त प्याकेज सार्वजनिक गरिएको हो। कम्पनीको उद्धेश्य “उच्च गतिको इन्टरनेट सेवा न्यून मूल्यमा सबै शहर तथा गाउँ घरमा मा पहुँच” हुने रहेको छ।
टाक्एन प्याकेजमा १५० एमबीपीएस, २२५ एमबीपीएस, ३२५ एमबीपीएस, ६२५ एमबीपीएस, र १,००० एमबीपीएसको विभिन्न प्याकेजहरु समायोजन गरिएको छ। १५० देखि १,००० एमबीपीएससम्मको प्याकेज क्लासिकको वेवसाइटमार्फत लिन सकिने छ।
अहिलेको विद्यमान परिस्थिमा इन्टरनेटको महत्व झन् बढेर गएको र प्रयोगकर्ताहरुले भोग्नुपर्ने सम्भावित समस्याहरुलाई मध्यनजर राखेर टाकियन प्याकेज ल्याएको जनाएको छ।
देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखी शुभारम्भ भएको र १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ। देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लासिक टेकले कम मूल्यमा उच्च गतिको इन्टरनेट देशको सबै गाउँ र सहरमा सेवा दिँदै बताएको छ।
प्रकाशित: २८ पुष २०७८, बुधबार