
काठमाडौं ।
माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन तथा सार्वजनिक स्थानमा प्रवेश गर्न कोभिड खोप कार्ड देखाउने व्यवस्थालाई सहज बनाउँदै सरकारले अब मोबाइलमा फोटो भएपनि हुने निर्णय गरेको छ।
यसअघि कोभिड खोप कार्ड बोकेरै हिँड्नुपर्ने बाध्य बनाएको भन्दै सरकारी निर्णयको आलोचना भईरहेको समयमा प्रशासनले मोबाइलमा तस्बिर देखाए समेत मान्य हुने नियम ल्याएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड साथमा राख्नुपर्ने र देखाउनुपर्ने छ जसमा अब मोबाइलमा सो कार्डको फोटो भएपनि हुने भएको छ।
यसैगरी सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ । यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, र माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको जनाएको छ।
प्रकाशित: २७ पुष २०७८, मंगलवार