चीनको चेन्ज ५ लुनर ल्याण्डरले खोजी गर्यो चन्द्रमामा पानी

  • Technology Khabar | २७ पुष २०७८, मंगलवार
चीनको चेन्ज ५ लुनर ल्याण्डरले खोजी गर्यो चन्द्रमामा पानी

काठमाडौं ।

चीनले पठाएको चेन्ज ५ लुनर ल्याण्डर चन्द्रमामा पानीको खोजीमा जुटेको छ।

उक्त ल्याण्डरले चन्द्रमामा पानीसँग सम्बन्धित केही महत्वपूर्ण प्रमाणहरु जुटाएको छ। यो चन्द्रमाको सतहमा ल्याण्डरले जुटाएको पहिलो अन-साइट प्रमाण हो। यसले पानी उपलब्ध हुँदाहुँदै पनि चन्द्रमा किन सुक्खा छ भन्ने कुरामा जोड दिएको छ।

यसको मतलब एक टन माटोमा १२० ग्राम पानी रहेको भन्ने बुझिन्छ। यहाँको हल्का चट्टानमा पनीको मात्रा प्रति-दशलाख १८० ग्राम रहेको छ।

यो मात्रा पृथ्‍वीको तुलनामा निकै कम भएकाले चन्द्रमा धेरै सुक्खा भएको आकलन गरिएको छ।

यसअघि पहले रिमोट अब्जर्भेशन अर्थात् नेपथ्यबाट गरिएको अवलोकनका आधारमा चन्द्रमामा पानीको उपलब्धता पुष्टि भएको थियो। तर अब भने ल्यान्डरले चन्द्रमाको सतहमा रहेका  चट्टान तथा माटोमा पानीका प्रमाण भेटेको हो।

ल्याण्डरमा राखिएको एक डिभाइसले रेजोलिथ तथा चट्टानको स्पेक्ट्रल परावर्तनलाई मापन गरेर

पहिलोपटक पानीको उपलब्धताका बारेमा पत्ता लगाएको हो।

चाइनिज एकेडेमी अफ साइन्सेजका अनुसन्धातालाई उद्धृत गर्दै सिन्ह्वाले चन्द्रमामा पानीको मात्रा का अनुमान लगाउन सकिने उल्लेख गरेको छ। पानीका अणु अर्थात् हाइड्रोक्सिल लगभग तीन माइक्रोमिटर आवृत्तिमा अवशोषित हुने हुनाले पानीको मात्रा उपलब्ध रहेको आकलन गरिएको हो।

रिसर्चरहरुले त्यहाँको हावाले चन्द्रमाको माटोमा सबैभन्दा बढी आर्द्रता बनएको बताएका छन्। यसको मुख्य कारण सोर्यमण्डलको हावाले आफूसँग हावा पनि ल्याउने भएकाले यसबाट पानीको निर्माण हुने गर्दछ।

उनीहरुले चट्टानमा प्रति-दशलाख ६० ग्राम थप पानी चन्द्रमाको आन्तरिक भागबाट पैदा हुने गर्दछ। अध्ययनबाट चन्द्रमाको जलाशय खराब भएका कारण केही समयमा सुकेको पत्ता लागेको छ।

प्रकाशित: २७ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • २७ पुष २०७८, मंगलवार