फक्सकन इन्डियाको आईफोन प्लान्ट बुधबारबाट पुन: सञ्चालनमा आउने

  • Technology Khabar | २७ पुष २०७८, मंगलवार
फक्सकन इन्डियाको आईफोन प्लान्ट बुधबारबाट पुन: सञ्चालनमा आउने

काठमाडौं ।

भारतको चेन्नई नजिकै रहेको एप्पल सप्लायर फक्सकनको आईफोन उत्पादन प्लान्ट बुधबार अर्थात् १२ जनवरीबाट पुन: सञ्चालनमा आउने भएको छ।

रोयटर्सका अनुसार उक्त क्षेत्रका राज्यसभा सदस्य के सेल्भापेरुन्थागाईले तामिलनाडुका मुख्यमन्त्री एमके स्टालिनलाई उद्धृत गर्दै गत शुक्रबार राज्यसभासमक्ष उक्त प्लान्ट बुधबारबाट पुन: सञ्चालनमा आउने बताएका हुन्।

यसअघि करिब १७ हजार कामदार रहेको उक्त प्लान्ट खानामा विषाक्तताको घटनाका कारण कामदारहरूको विरोध प्रदर्शनपछि गत डिसेम्बरमा एक हप्ता लामो बन्द विस्तार गर्दै थप तीन दिन बन्द भएको थियो।

रोयटर्सका अनुसार सो विषयसँग सम्बद्ध निकट स्रोतहरुका अनुसार गत डिसेम्बर ३० मा १ हजार कामदारसहित प्लान्टको उत्पादन पुन: शुरु हुने अपेक्षा गरिए पनि प्लान्टको काम शुरु हुन सकेको थिएन।

यसअघि विषाक्त खानाका कारण प्लान्टमा कार्यरत कामदारहरुलाई अस्पताल भर्ना गर्नुपरेको थियो। सो घट्नापछि कामदारहरुले कम्पनीको विरोधमा आन्दैलन गर्दै आएका छन्।

प्रकाशित: २७ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Australian PM says to enact laws to govern AI

  • Technology Khabar
  • २७ पुष २०७८, मंगलवार