नेपाल टेलिकमले भन्यो- प्रदेश नम्बर १ र २ मा आज राति सेवामा समस्या आउन सक्छ

  • Technology Khabar | २० पुष २०७८, मंगलवार
नेपाल टेलिकमले भन्यो- प्रदेश नम्बर १ र २ मा आज राति सेवामा समस्या आउन सक्छ

काठमाडौं ।

नेपाल टेलिकमको सेवा प्रदेश नम्बर १ र प्रदेश नम्बर २ मा आजराती करिब ३ घण्टा अवरुद्ध हुने भएको छ। कम्पनीले सिस्टम मर्मतको लागि आजराती ९ बजेदेखि ३ घण्टासम्म सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

टेलिकमले सो अवधिमा कम्पनीको सिस्टम मर्मत संभारको काम गर्नेछ।

सूचनाअनुसार प्रदेश नम्बर १ र प्रदेश नम्बर २ मा ल्याण्डलाइन र मोबाइल बिच कल नलाग्ने समस्या हुनसक्ने भन्दै त्यसले पार्ने असुबिधामा क्षमा मागेको छ ।

तर सो अवधिमा इन्टरनेट लगायतका अन्य सेवाहरु भने सञ्चालनमा हुने जनाएको छ।

प्रकाशित: २० पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • Technology Khabar
  • २० पुष २०७८, मंगलवार