
काठमाडौं ।
मर्सिडिज बेन्जले आफ्नो नयाँ विद्युतीय कन्सेप्ट कार अनावरण गरेको छ। जर्मन अटो कम्पनी मर्सिडिज बेन्जले मंगलबार लस भेगसमा भएको कन्ज्युमर इलेक्ट्रोनिक्स शो २०२२ मा आफ्नो कन्सेप्ट कार ‘भिजन इक्युएक्सएक्स’ सार्वजनिक गरेको हो।
इलेट्रेकका अनुसार यो विद्युतीय कारले एक पटकको चार्जमा ६२० माइल्स, अर्थात् झन्डै एक हजार किलोमिटरको माइलेज दिन्छ। यो विद्युतीय भिजन इक्युएक्सएक्स एक यथार्थवादी अवधारणामा निर्मित कार हो, जसले नवीकरणीय कच्चा सामग्रीहरू प्रयोग गरेको छ।
‘भिजन इक्युएक्सएक्स, सबैभन्दा प्रभावशाली मर्सिडीज-बेन्जको रूपमा निर्माण गरिएको र यसमा प्रति १०० किलोमिटरमा १० किलोवाट घण्टा भन्दा कम ऊर्जा खपत हुनेछ,’ डेमलरले भनेको छ।
“मर्सिडिज-बेन्ज भिजन इक्युएक्सएक्सले हामी कसरी इलेक्ट्रिक कारहरूको भविष्यको कल्पना गर्छौं भन्ने देखाउँछ,” मर्सिडीज-बेन्जका सीईओ ओला केलेनियसले भने।
डेमलरले विभिन्न प्रकारका भूभागहरूमा वर्षको मध्यमा प्रोटोटाइपको परीक्षण-ड्राइभ गर्ने प्रमुख टेक्नोलोजी अधिकारी मार्कस शेफरले बताएका छन्।
डेमलर जुन छिट्टै मर्सिडीज-बेन्जमा पुन: नामाकरण हुने कम्पनीले सन् २०२१ मा अल इलेक्ट्रिक कार बजारमा लिन २०३० सम्ममा ४० अर्ब यूरो भन्दा बढी लगानी गर्ने योजनाहरू घोषणा गर्यो, जसमा आठ ब्याट्री प्लान्टहरू निर्माण गर्ने समावेश छ। २०२५ देखि, यसको सबै नयाँ भेहिकल प्लेटफर्महरूले इभीहरु मात्र बनाउनेछन्।
प्रकाशित: २० पुष २०७८, मंगलवार