
काठमाडौं ।
क्यान महासंघका पूर्व अध्यक्ष ईन्जिनियर बिनोद ढकालले अनलाइन पत्रकार संघलाई पत्रकारिता पुरस्कारका लागि ५ लाख रुपैयाँको अक्षयकोषका लागि रकम प्रदान गरेका छन् । उनले आज आयोजित संघको ११ औं वार्षिक साधारण सभाको अवसर पारेर सो ५ लाख रुपैयाँको अक्षयकोषको रकम अध्यक्ष शिव प्रसाद सत्याललाई हस्तान्तरण गरे।
सो अक्षय कोषको ब्याज रकमले संघले प्रत्येक २ वर्षमा अनलाइन पत्रकार संघमा आबद्ध संघका सदस्यहरुमध्येबाट १ जनालाई ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गर्ने भएको छ । यस वर्ष पहिलो पुरस्कार अनलाइन पत्रकार संघका सदस्य तथा संस्थापक अध्यक्ष केपी ढुंगानालाई प्रदान गरीएको छ।
यसैबिच संघको साधारण सभाले नयाँ कार्यसमिति समेत छनोट गरेको छ। अध्यक्ष डिल्लीप्रसाद सापकोटाको नेतृत्वमा संघमा ७ सदस्यिय नयाँ कार्यसमिति निर्विरोध छनोट भएको हो।
प्रकाशित: १७ पुष २०७८, शनिबार