एप्पलद्वारा भारतीय एप्स बजारमा प्रभुत्व भएको अस्वीकार, गुगललाई मान्यो ठूलो खेलाडी

  • Technology Khabar | ९ पुष २०७८, शुक्रबार
एप्पलद्वारा भारतीय एप्स बजारमा प्रभुत्व भएको अस्वीकार, गुगललाई मान्यो ठूलो खेलाडी

काठमाडौं ।

आईफोन निर्माता एप्पलले भारतको एप्स बजारमा शक्तिको दुरुपयोग गरेको आरोप अस्वीकार गरेको छ। कम्पनीले सो बजारमा आफ्नो हिस्सा निकै कम रहेको र यसमा गुगलको प्रभुत्व रहेको बताएको छ।

एप्पलले आफ्नो विरुद्ध दर्ता भएको मुद्दा खारेज गर्न भारतीय प्रतिस्पर्धा आयोग (सीसीआई) लाई अनुरोध गरेको छ।

रोयटर्सको रिपोर्टकाअनुसार सीसीआईले एप विकासकर्ताहरूलाई एप्पलको स्वामित्वको प्रणाली प्रयोग गर्न बाध्य पारेको आरोपमा अनुसन्धान सुरु गरेको हो। यस स्वामित्व प्रणालीले इन-एप खरिदहरूको लागि ३० प्रतिशत सम्म कमिशन चार्ज गर्दछ।

एप्पलले सीसीआईमा गरेको फाइलिङमा भारतमा आफ्नो बजार हिस्सा ०-५ प्रतिशत रहेको बताएको छ, जुन निकै कम हो। अधिकांश स्मार्टफोनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम भएकाले यो बजारको ९०–१०० प्रतिशत गुगलले ओगटेको छ।

एप्पलले फाइलिङमा भनेको छ, “कम्पनीको भारतीय बजारमा दबदबा छैन। वर्चस्व बिना, त्यहाँ दुरुपयोग हुन सक्दैन। गुगल भारतीय बजारमा ठूलो खेलाडी भएको पहिले नै निर्धारित छ।”

यस बारेमा “टुगेदर वी फाइट सोसाइटी” नामक गैर-लाभकारी समूहले उजुरी दायर गरेको हो। यसले आईओएसको साथ गैर-लाइसेन्सयुक्त मोबाइल अपरेटिङ सिस्टमको बजारमा एप्पलको प्रभुत्व रहेको बताएको छ । यद्यपि, एप्पलले आफ्नो फाइलिङमा एन्ड्रोइड जस्ता इजाजतपत्र प्राप्त प्रणालीहरूसहित सम्पूर्ण स्मार्टफोन बजारलाई यसमा कभर गर्नुपर्ने बताएको छ।

कम्पनीले यो उजुरीलाई “प्रोक्सी फाइलिङ” पनि भनेको छ। एप्पलका अनुसार गुनासो ती पक्षहरूसँग मिलेर गरिएको देखिन्छ जससँग एप्पलको संसारभर व्यावसायिक र सम्झौता विवादहरू छन् वा जसले अन्य नियामकहरूलाई गुनासो गरेका छन्।

कम्पनीले आफ्नो दावीलाई समर्थन गर्न कुनै प्रमाण प्रदान गरेको छैन। सीसीआईले यी आरोपहरूमा एप्पलको प्रतिक्रियाको समीक्षा गर्नेछ। त्यसपछि उनले थप अनुसन्धान गर्न वा मुद्दा खारेज गर्न सक्नेछन्।

प्रकाशित: ९ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार