
काठमाडौं ।
दक्षिण कोरियाली एलजी इनर्जी सोलुशन तथा एसके अन विद्युतीय सवारीका लागि ब्याट्री निर्माण गर्ने विश्वका उत्कृष्ट ५ कम्पनीहरु मध्येमा पर्दछन्।
यी दुवै प्रतिस्पर्धी कम्पनीहरुले आफ्नो उत्पादन बढाएर आउँदो वर्षका लागि सम्भावित प्रक्षेपणको तयारीमा जुटेका छन्।
स्थानीय समाचार संस्था मेल बिजनेस न्यूज कोरिया तथा डीडेलीका अनुसार एलजी केमको सहायक कम्पनी एलजीईएसले आफ्नो उत्पादन क्षमता १७० बाट गिगावाट आवर पुर्याएको छ भने आगामी सन् २०२५ सम्ममा यो आँकडा ४२० गिगावाट आवरसम्म पुर्याउने लक्ष्य लिएको छ।
अमेरिकामा यी कम्पनीहरुले ५६ खर्ब कोरियाली वोन लगानी गरेका छन् जसलाई जनरल मोटर्ससँगको साझेदारीमा स्थापित अल्टियम सेलको बिस्तारका लागि खर्च गरिने बुझिएको छ।
आगामी जनवरी २०२२ मा आईपीओ निकाल्ने सोचिरहेको एलजीईएसले आफ्नो उत्पादन विस्तार, नयाँ उत्पादन लाइन अप स्थापना, लिथियम सल्फर, सोलिड स्टेट लगायतका अत्याधुनिक प्रविधिका ब्याट्रीको विकास तथा भविष्यमा बीएएएस उपलब्ध गराउनका लागि १०० खर्ब कोरियन वोन लगानी गर्ने भएको छ।
एलजीईएसले यो वर्ष आईपीओ जारी गर्ने योजना बनाए पनि आगलागीका कारण जीएम बोल्ट गाडी फिर्ता लिनु परेकाले उक्त योजना पछि सरेको छ।
प्रकाशित: ७ पुष २०७८, बुधबार