कम्प्युटर कोडमा भएको एउटा गल्तिका कारण १ मिनेटमा १ सय ओटा ह्याकिङ हमला

  • Technology Khabar | २ पुष २०७८, शुक्रबार
कम्प्युटर कोडमा भएको एउटा गल्तिका कारण १ मिनेटमा १ सय ओटा ह्याकिङ हमला

काठमाडौं ।

एउटा कम्प्युटर कोडमा आएको सानो गल्तिका कारण प्रत्येक मिनेटमा १ सय ओटा ह्याकिङ हमला भएको छ।

चेक प्वाइन्ट नामक सेक्युरिटी कम्पनीका अनुसार विश्वका कर्पोरेट नेटवर्कको ४० प्रतिशतमा उक्त गल्तिका कारण आएको जोखिमलाई दुरुपयोग गर्दै १ मिनेटमा १ सयभन्दा बढी ह्याकिङ हमलाको प्रयास भएको बीबीसीले जनाएको छ।

अमेरिकाका एक अधिकारीले लग४शेल नामक उक्त सुरक्षा गल्तिका कारण विभिन्न कम्पनीहरुले उक्त नेटवर्क आपराधिक समूहले चलाएको भन्दै उच्च जोखिम बढेको बताएका उल्लेख गरेका छन्।

उक्त जोखिमका लागि आवश्यक समाधान जारी गरिसकिएको र यसलाई कार्यान्वयन गर्न भने बाँकी रहेको बुझिएको छ।

जाभा प्रोग्रामिङ ल्याङ्ग्वेजको लग४जेमा लेखिएको उक्त कोडमा जोखिम रहेको त्यसलाई विश्वभरका अनलाइन सेवा चलाइरहेका लाखाैं कम्प्युटरले प्रयोग गरेका बताइएको छ।

प्रकाशित: २ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...