
काठमाडौं ।
नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ७ ओटा वित्तीय संस्थाहरू जोडिएका छन् ।
राष्ट्र बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै ७ ओटा नयाँ वित्तीय संस्थाहरु आरटिजीएस प्रणालीमा जोडिएको जनाएको हो।
राष्ट्र बैंकका अनुसार ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाहरु पुस १ गतेदेखि आरटीजीएस प्रणालीमा जोडिएका छन्। उक्त प्रणालीमा जोडिनेमा एउटा विकास बैंक र अधिकांश फाइनान्स कम्पनीहरु रहेका छन्।
आरटीजीएस प्रणालीमा अब सप्तकोशी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, गोर्खाज फाइनान्स, बेष्ट फाइनान्स कम्पनी, प्रोग्रेशिभ फाइनान्स, रिलायन्स फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स जोडिएको बैंकले जनाएको छ।
प्रकाशित: १ पुष २०७८, बिहीबार