नेपाल बैंकको डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम साउथ वेस्टर्न स्टेट कलेजमा

  • Technology Khabar | १ पुष २०७८, बिहीबार
नेपाल बैंकको डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम साउथ वेस्टर्न स्टेट कलेजमा

काठमाडौं ।

नेपाल बैंकले काठमाडौंको बसुन्धरा स्थित साउथ वेस्टर्न स्टेट कलेजमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले बिहिबार कलेजका बिद्यार्थीहरुलाई डिजिटल बैकिङ्ग सम्बन्धि जानकारी गराई डिजिटल बैकिङ्गका प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको हो।

उक्त कार्यक्रममा राष्ट्रिय आविश्कार केन्द्रका संचालक तथा नेपाल बैंकका ब्राण्ड एम्बेस्डर महावीर पुन सहभागी भएका थिए । कार्यक्रममा करिब २०० बिद्यार्थीहरु सहभागी भएको र कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धि जानकारी, नेपाल बैंकले लागू गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बैंकिङ्ग प्रविधिहरु, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङ्गका विविध आयामहरुको बारेमा जानकारी गराईएको बैंकले जनाएको छ।

महाविर पुनले अबको आवश्यकता भनेकै डिजिटल बैंकिङ्ग रहेको भन्दै हरेक बिधार्थी उद्यमशिल बन्नुपर्ने आजको आवश्यकता रहेको बताए। उनले उद्यमी बन्न चाहने विद्यार्थीलाई सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।

नेपाल बैंकका प्रमुख प्रशासकिय अधिकृत तथा प्रवक्ता प्रकाशकुमार अधिकारीले नेपाल बैंक र सााउथवेस्टर्न स्टेट कलेज बिच आगामी दिनमा थप सहकार्य गरि अगाडि बढ्न सकिने बताए।

कार्यक्रममा नेपाल बैंक मार्केटिङ्ग तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलले डिजिटल बैंकिङ्ग सम्बन्धि प्रस्तुतीकरण दिएका थिए ।

प्रकाशित: १ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...