कतै फोरजी सेवा, कतै मोबाइल नेटवर्कलाई डाँडो खोज्नुपर्ने

  • Technology Khabar | २६ मंसिर २०७८, आईतवार
कतै फोरजी सेवा, कतै मोबाइल नेटवर्कलाई डाँडो खोज्नुपर्ने
नेपाल टेलिकमको टावरको सांकेतिक तस्बिर।

काठमाडौं ।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–३, मुल्सामका महेन्द्र रोकाया नेपाल टेलिकमको फोरजी सेवा चलेपछि निकैखुसी भए । तर, आफ्नो जिल्लामा मो बाइलमा फोरजी चल्नुको कुरा त पर फोन सम्पर्क गर्न नपाउँदा उनी साह्रै चिन्तित छन् ।

महेन्द्र मात्र नभई फोरजी सेवा सुचारुको खबरले बारेकोटका सबैस्थानीय बासिन्दा खुसी भएका छन् । फोरजी सेवा सञ्चालनको खबरआएसँगै बारेकोटका सबै स्थानीयले आफ्नो मोबाइल फोनमा नेटवर्क हेरिरहेका थिए ।

वडा नं. ३ को वडा कार्यालयलगायत मुल्साम, पछेउरीका स्थानीयहरूले नेटवर्क देख्न पाएनन् । यस्तै , वडा नं. ५ घाटबजार , काउली वडा नं. ६ कार्कीज्युला, ताँसी, धुम वडा नं. ७ स् याँला, सुवाकोट, लुहाग, वडा नं. ८ सेपुखो लाबजार, वडा नं. ९ सक्लालगायतका केही स्थानहरूमा अझै पनि फोन गर्नका लागि नेटर्वकले काम गर्दैन ।

बारेकोट गाउँपालिका–२ का वडाध्यक्ष टीकाराम नेपालीले आपत्विपत् परेको बेलामा फोन सम्पर्क गर्नका लागि ने टवर्क खोज्दै डाँडा घुम्नुपर्ने बाध्यता रहेको जानकारी दिए। गाउँपालिकाको पहलमा फोरजी सेवा सञ्चालन भएका वडाहरूमा पनि सबै खाले मोबाइल फोनहरूमा नेटवर्कले काम नगरेको उनको भनाइ छ।

पहिले फोन गर्नका लागि सबै ठाउँका स्थानीय बासिन्दाले डाँडाकाँडा खोज्नुपर्ने बाध्यता थियो तर, नेपाल टेलिकमको नमस्तेको नेटवर्क जडान गरिसकेका पछि केही ठाउँका स्थानीयहरूलाई टेलिफोन सम्पर्क गर्न सरज भएको छ ।

बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमा शाहीले फोरजी सेवा सञ्चालनले पनि केही ठाउँका बासिन्दाले सेवा पाएको तर सबै स्थानका बासिन्दाले सेवा लिन नपाएको बताईन् ।गोरखापत्रबाट

प्रकाशित: २६ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...