काठमाडौं ।
एप्पलले आफ्नो चिर प्रतिक्षित वाच एसई दोस्रो जेनेरेशन आउँदो वर्ष सार्वजनिक गर्ने भएको छ। यससँगै कम्पनीले खेलकुदका पारखीहरुका लागि एउटा रग्ड मोडलको वाच पनि ल्याउने तयारी गरिरहेको बुझिएको छ।
कम्पनीले सन् २०२२ को शुरुवातताका नै वाच सिरिज सार्वजनिक गर्ने तयारीमा जुटेको छ। आधिकारिक रुपमा पुस्टि नभइसके पनि केही रिपोर्टहरुले एप्पल वाच एसई दोस्रो जेनेरेशन आउँदो वर्षको शुरुवाततिर सार्वजनिक हुनसक्ने संकेत गरेका हुन्।
यसका साथै रग्ड भर्सनको स्मार्टवाच पनि आउने र विशेषगरी खेलाडी तथा एथलिटहरुलाई लक्षित गरिने रिपोर्टहरुले देखाएका छन्।
एप्पल भने यो विषयमा हालसम्म मोन नै रहेको छ। तर रिपोर्ट अनुसार अब आउने वाच केही सस्तो ग्याजेट खोज्ने ग्राहकहरुलाई लक्षित गरेर ल्याइन लागेको बुझिएको छ। यसबाहेक यसमा अतिरिक्त फिटनेस तथा स्वास्थ्यसम्बन्धी फिचरहरु पनि समावेश हुने अपेक्षा गरिएको छ।
यो सिरिजमा एप्पल वाच एसई, एप्पल वाच सिरिज ३ तथा एप्पल वाच सिरिज ७ मोडलहरु रहने कम्पनीले जनाएको छ।
प्रकाशित: २१ मंसिर २०७८, मंगलवार