स्थानीय तहलाई भू–उपयोग नक्सा हस्तान्तरण

  • Technology Khabar | १० मंसिर २०७८, शुक्रबार
स्थानीय तहलाई भू–उपयोग नक्सा हस्तान्तरण

काठमाडौं ।

जिल्लामा रहेका ११ स्थानीय तहलाई भू–उपयोगसम्बन्धी नक्सा, डाटा तथा प्रतिवेदन हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिति दैलेखमा आयोजित कार्यक्रममा शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय स्थलगत नापी विभाग भू–उपयोग व्यवस्थापन महाशाखाले तयार गरेको भूमिको वर्गीकरणको भू–उपयोग नक्सा ११ वटै स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।

योजनाविना भूमिको प्रयोगले खेतीयोग्य जमिन मासिनुका साथै प्राकृतिक विपद्को जोखिम बढेको भन्दै नापीको प्रतिवेदनले स्थानीय तहलाई राष्ट्रिय भू–उपयोग नीति अनुसार भूमिको प्रयोग गर्न मद्दत सहयोग पुग्ने स्थानीय तहका सरकार प्रमुखले बताएका छन् । भू–उपयोग नक्सामा १० वटै स्थानीय तहका वन, खेतीयोग्य जमिन, नदी, ताल तथा सिमसार, सार्वजनिक, निजी जमिनको तथ्याङ्क समेटिएको छ ।

नापी विभागका प्रमुख नापी अधिकृत विकाशकुमार कर्णले राष्ट्रिय भू–उपयोग नीति अनुसार स्थानीय तहलाई भू–उपयोग नीति तथा कार्ययोजना बनाई कार्यान्वयन गर्न सहज हुने बताए । उनले स्थानीय तहलाई भू–उपयोग नक्सासँगै डिजिटल डाटा समेत उपलब्ध गराइएको बताए। उनले भने, ‘जिल्लामा रहेका ११ स्थानीय तहका बेग्लाबेग्लै प्रतिवेदन, नक्सा तयार गरेको छ ।’

विभागले भू–उपायोग नक्सा हस्तान्तरणमा ११ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरलाई समेत अभिमुखीकरण गरिएको थियो । गोरखापत्र

प्रकाशित: १० मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार