
काठमाडौं ।
‘आइएमई पे’ बाट भाटभटेनी सुपर मार्केटमा किनमेल गरी भुक्तानी गर्दा क्यासब्याक पाइने भएको छ।
कम्पनीले नेपालभरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत (३०० रुपैयाँसम्मको) क्यासब्याकको अफर ल्याएको हो। उक्त अफरमा आइएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउनेछन्।
कम्पनीको अनुसार यो योजना एकपटक रहनेछ जसको अर्थ प्रति प्रयोग १ पटक क्यासब्याक हुनेछ। प्रयोगकर्ताले ३०० रुपैयाँसम्म मात्र २० प्रतिशत छुट पाउन सक्नेछन्।
प्रकाशित: १० मंसिर २०७८, शुक्रबार