डाइमेन्सिटी ९००० चिपसेटयुक्त स्मार्टफोन फेब्रुअरीमा बजारमा आउने

  • Technology Khabar | १० मंसिर २०७८, शुक्रबार
डाइमेन्सिटी ९००० चिपसेटयुक्त स्मार्टफोन फेब्रुअरीमा बजारमा आउने

काठमाडौं ।

चिप निर्माता कम्पनी मिडियाटेकको ४ एनएम नोडमा बनेको नयाँ डाइमेन्सिटी ९००० चिपयुक्त स्मार्टफोन आगामी फेब्रुअरीमा आउने भएको छ।

४ एनएम नोडमा बनेको प्रोसेसरको कुरा गर्दा घोषणाका बेला मिडियाटेकले आफ्नो चिर प्रतिद्वन्द्वी अमेरिकी कम्पनी क्वालकमलाई उछिने पनि ४ एनएम चिपसेट युक्त डिभाइस सार्वजनिक गर्नेमा भने क्वालकमभन्दा पछि पर्ने भएको छ ।

स्न्यापड्रागन ८ जेन१ चिपसेटयुक्त डिभाइस फेब्रुअरीभन्दा अगाडि नै आउने सुनिश्चित भएको छ।

एक टिपस्टरले आफ्नो वेबो एकाउन्टमा पोस्ट गरे अनुसार डाइमेन्सिटी ९००० युक्त स्मार्टफोन आगामी फेब्रुअरीमा सार्वजनिक गर्ने तय भएको छ।

स्न्यापड्रागन ८ जेन१ चिपसेटयुक्त फ्ल्यागशिप स्मार्टफोन यसै वर्षको अन्त्यसम्ममा सार्वजनिक भइसक्ने बुझिएको छ।

टिपस्टरका अनुसार शाओमी १२ मा डाइमेन्सिटी ९००० चिपसेट प्रयोग हुनेछ।

प्रकाशित: १० मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...