ओपोले ५० मेगापिक्सेलको क्यामरायुक्त फोल्डेबल फोन ल्याउँदै

  • Technology Khabar | ४ मंसिर २०७८, शनिबार
ओपोले ५० मेगापिक्सेलको क्यामरायुक्त फोल्डेबल फोन ल्याउँदै

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी ओपोले आउँदो महिना आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्न सक्ने बुझिएङ्को छ।

कम्पनीले यसको कोडनेम ‘पिकक’ राखेको छ। चीनको नयाँ प्रविधि ट्र्याक गर्ने वेबसाइट गिज्मोचाइनाको रिपोर्टमा यस्तो उल्लेख गरिएको हो। ‌

ओपोको फोल्डेबल फोन ग्यालेक्सी जेड फोल्ड ३ तथा ह्वावे मेट एक्स२ जस्तै भित्रपट्टि फोल्डिङ डिजाइनसहितको हुनेछ।

यो डिभाइसामा ८ इन्चको १२० हर्ज रिफ्रेश रेटसहितको एलटीपीओ ओएलईडी डिस्प्लेका साथै स्न्यापड्रागन ८८८ चिपसेट उपलब्ध हुनेछ।

यसमा कलर ओएस १२ इन्स्टल भएर आउनेछ भने सोनीको आईएमएक्स७६६को ५० मेगापिक्सेलको क्यामरा दिइनेछ।

यसलाई पावर दिनका लागि ६५ वाट फास्ट चार्जिङसहितको ४५०० एमएएच क्षमताको ब्याट्री उपलब्ध हुनेछ।

कम्पनीले फोल्डेबल स्मार्टफोनका साथमा नेक्स्ट-जेनेरेशन ओपो रेनो ७ सिरिजका स्मार्टफोन पनि सार्वजनिक गर्ने तयारीमा रहेको बुझिएको छ।

प्रकाशित: ४ मंसिर २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ४ मंसिर २०७८, शनिबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ४ मंसिर २०७८, शनिबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ४ मंसिर २०७८, शनिबार