प्रतिस्पर्धा तथा नियामकको कडाइमा वृद्धि भएपछि अलिबाबाले घटायो बिक्री प्रक्षेपणको आँकडा

  • Technology Khabar | ३ मंसिर २०७८, शुक्रबार
प्रतिस्पर्धा तथा नियामकको कडाइमा वृद्धि भएपछि अलिबाबाले घटायो बिक्री प्रक्षेपणको आँकडा

काठमाडौं ।

चिनियाँ ई-कमर्स जायन्ट अलिबाबाले आफ्नो प्रक्षेपणमा वार्षिक आम्दानी वृद्धिको आँकडा घटाएको छ।

नियामक संस्थाको कडाइ, बढ्दो प्रतिस्पर्धा तथा मागमा आएको कमीका कारण कम्पनीले वार्षिक आम्दानी वृद्धिको आँकडा घटाएर ११ प्रतिशतमा झारेको छ।

कम्पनीले आउँदो मार्चमा समाप्त हुने वार्षिक आम्दानी २० देखि २३ प्रतिशतसम्म हुनसक्ने अपेक्षा गरेको छ। यो आँकडा सन् २०१४मा स्टक मार्केटमा पाइला राखे यताको सबैभन्दा कम दर हो।

२०१४ मै कम्पनीले पहिलो पटक २९.५ प्रतिशतको वृद्धि हासिल गरेको थियो। यो वर्षको दोस्रो त्रैमासमा कम्पनीको शेयरको मूल्यमा पनि गिरावट आएको थियो।

चिनियाँ क्रेताहरु कोरोना महामारीका क्रममा खर्च गर्दा धेरै सावधानी अपनाएकाले साथै आपूर्ति श्रृङ्खलामा गडबडी आएकाले उक्त त्रैमासमा चीनको अर्थतन्त्रमा वृद्धिदर सुस्त भएको थियो।

‘बढ्दो बजार प्रतिस्पर्धा तथा आर्थिक प्रतिकूलताका कारण चीनमा हाम्रो मुख्य व्यापार सुस्ताएको थियो’, सीईओ डेनियल झाङले भने। उनले लुगाफाटा तथा सामान्य सामग्रीहरुको मागमा त्यतिबेला उल्लेख्य प्रभाव परेको पनि बताए।

तर विश्लेषकहरुका अनुसार अलिबाबाले फेशन तथा अन्य एसेसरिजको व्यापारमा मन्दी भोगिरहेका बेला अन्य प्रतिस्पर्धीले भने अझ बढी व्यापार गरेको बताएका छन्।

प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • Technology Khabar
  • ३ मंसिर २०७८, शुक्रबार